त्रिभुवन विश्वविद्यालय मास्टर्स दोस्रो सेमेस्टर पढ्ने विद्यार्थीले बुझाए प्रेस विज्ञप्ति ।

मास्टर्स दोस्रो सेमेस्टर पढ्ने विद्यार्थीले बुझाए प्रेस विज्ञप्ति

विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीमा थला परिरहेको छ । बिगत ४ महिना यता नेपाल पनि कोभिड-१९ बाट थलिएको अवस्था छ । यो संकटको मध्यनजर गर्दै नेपाल सरकारले चैत्र ६ गते बाट सम्पुर्ण शैक्षिक संस्था बन्द गर्नुका साथै चैत्र ११ गते बाट नेपाल सरकारले राष्ट्र ब्यापी बन्दाबन्दी गरेको थियो । बन्दाबन्दी कै कारण त्रिभुवन विश्वविद्यालय का सबै परीक्षा स्थगित गरेको थियो ।

लामो समयको बन्दाबन्दीले शैक्षिक क्षेत्रमा ठुलो नोक्सानी खेप्नु परेको छ । यो नोक्सानीको मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालय ले रोकिएका परिक्षाको समस्याको समाधानका लागि केहि नयाँ कार्य गर्नु पर्ने हो तर विडम्बना नै भन्नु पर्छ त्रिभुवन विश्वविद्यालय ४ महिना सम्म निदाएर बस्यो । IOST अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले २०७७ असार १९ गते उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र IOST डिनलाई भेटि मास्टर दोस्रो सेमेस्टरमा रोकिएका परिक्षा लाई आन्तरीक मुल्यांकन गराई तत्काल अर्को सेमेस्टरको पठनपाठन गराउन र यो विषम परिस्थितिमा परिक्षा सम्बन्धि सम्पूर्ण जिम्मा सम्बन्धित क्याम्पस विभागलाई दिन अपिल गरेका थिए ।

अहिले आएर त्रिविले परिक्षा सम्बन्धि ४ वटा मोडालिटी तयार पारेको र जसमा आन्तरिक मुल्यांकनलाइ अन्तिम प्रथामिकतामा राखेको र जसरी हुन्छ भौतिक उपस्थिति अर्थात परम्परागत रुपमै परिक्षा लिन्छु भनेर परम्परावादी मानसिकता यथावत राख्नु खेतपुर्ण रहेको र विश्वविद्यालयलाई अनुसन्धानमुखी र खोजमुलक बनाउनु पर्ने समयमा परम्परागत गतिविधिलाई नै स्थान दिनखोज्नु लाई मास्टर दोस्रो सेमेस्टरका सम्पूर्ण विद्यार्थीहरु बिरोधले विरोध गरिरहेका छन् ।

नेपाल सरकारले बन्दाबन्दी लाई खुकुलो बनाए पनि दिनप्रति दिनको बढ्दो संक्रमणको कारणले तत्काल लाई शैक्षिक संस्था सञ्चालन गर्न र रोकिएका परिक्षा भौतिक रुपमा उपस्थित भएर दिनसक्ने अवस्था नरहेको कारणले त्रिविले रोकिएका परिक्षालाइ आन्तरिक मुल्यांकन गराई प्रविधिको प्रयोग बाट तत्काल अर्को सेमेस्टरको पठनपठान सुरु गर्न माग गर्दै प्रेस विज्ञप्ति र पम्पलेट सहित उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र डिन कार्यालयको मूल ढोकामा टासेका छन् ।

एकजना विद्यार्थी

एकजना विद्यार्थीलाई हामीले सोध्दा किन ढोकामा मात्रै प्रेस विज्ञप्ति टास्नु भएको भन्दा उहाँले भन्नु भयो: एउटा समूहले यहाँ ताल्चा बन्दी गरेको छ उक्त कारणले उपकुलपति लगाएत सम्पूर्ण पदाधिकारी संग भेट भएन फोन मा हामीले केही कुरा राखेका छौं भन्नु भयो । टेलिफोन संवाद मा यस्तो भन्नु भयो उपकुलपतिले: परीक्षाबारे हजुरहरुको आधिकारीक धारणा के हो र सुचना के हो भनेर सोध्दा जवाफमा उहाँले यही भदौको दोस्रो साताबाट त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा सुचारु हुन्छ भन्नु भयो ।

नेपाल सरकारले लकडाउन घोषणा गर्ने वित्तिकै केहि दिनको लागि होला भनेर अधिकांश साथीहरु पाठ्य सामाग्रीहरु लिएर गएका छैन नी सर ? यस्तो अवस्थामा उनीहरुलाई यो कसरी सम्भव हुन्छ र ? हजुरहरुले परीक्षा लिने भए पाठ्य सामाग्री विद्यार्थीलाई प्रदान गरि सरल तरीकाले परीक्षा लिन पर्छ ? हैन भने आन्तरीक मुल्यांकनलाई नै आधार बनाउनु पर्छ भन्ने धारणा राख्दा उहाँले त्यो विद्यार्थीको समस्या हो उनीहरु आँफैले व्यवस्था गर्नु पर्छ भन्ने जवाफ दिनु भएको थियो र विद्यार्थीको प्रतीप्रश्न यदी विद्यार्थीहरु काठमाडौँ आउँदा, परीक्षा केन्द्र र होटलमा खाना खाँदा कोरोनाको संक्रमण भैहाले र शारिरीक दुर्वलता भएका विद्यार्थीहरुको ज्यान तलमाथि भएमा त्रिवि जिम्मेवार हुन्छ ? जवाफमा उहाँले यसमा विद्यार्थी आँफै जिम्मेवार हुनु पर्छ र यसको जिम्मेवारी त्रिभुवन विश्वविद्यालयले लिँदैन भनेर गैरजिम्मेवारीपनको बोध गराउनु भएको थियो ।

अन्तिममा भदौको दोस्रो सातामा फेरी कोरोनको संक्रमण फैलिएर अहिले भारतमा विद्यार्थीलाई संक्रमण देखिएको जसरी परीक्षा गर्न सकिएन भने हजुरहरुसँग यसको कुनै विकल्प छ ? उहाँले आँफुहरुसँग कुनै वीकल्प नरहेको जवाफ दिनु भएको थियो । संवादकै क्रममै हामी पढ्न पाउनु पर्छ भनेर विरोध गर्नु पर्ने कुरा दुखद छ र हामीलाई जसरी पनि उपल्लो सेमेष्टरको पठनपाठन सुचारु गरिदिनु पर्यो भनेर बैशाख देखि आवाज उठाउँदा पनि हजुरहरुले बेवास्था गर्नु चीन्ताजनक छ र हजुरहरु परीक्षाको भत्ता पचाउनकै लागि के परीक्षा गराउन लागी पर्नुु भएको हो भनेर पनि प्रश्न भर्दा । उहाँले अहिले आफु वैठकमा रहेको र बाँकी कुरा डीन सँग पनि राख्नु र सुनुवाई नभए मात्र मलाई सम्पर्क गर्नुहोला भन्दै संवादलाई अन्तय गर्नु भएको थियो ।

प्रेस विज्ञप्ती

No description available.

त्रिवि दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी परीवार…

2 Comments

Leave a Comment