त्रिभुवन विश्वविद्यालय ले स्ववियु निर्वाचन को लागि कार्यतालिका प्रस्ताब बारे विद्यार्थी संगठनहरुसंग छलफल गरेको छ।

त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय शिक्षामा देशकै एउटा भरोसाको केन्द्र हो । नेपालको सबैभन्दा पुरानो र ठुलो त्रिभुवन विश्वविद्यालय हुनुका साथै उच्च शिक्षा का लागि नेपालको पहिलो शैक्षिक संस्था हो। यति मात्रै नभएर राजनीतिक प्रागिक को एउटा केन्द्र पनि हो। बिगत लामो समय पछि २०७३ फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन देशका केहि क्याम्पस मा सम्पन्न भएको थियो भने धेरै क्याम्पस मा चुनाब हुनसकेको थिएन ।

प्रत्यक २ वर्ष मा हुने स्ववियु चुनाब २०७५ फागुन मा हुनु पर्ने चुनाव बिभित कारण ले हुन् सकेन थप एक वर्ष को कार्यकाल २०७३ मा निर्वाचित स्ववियु नेताहरुले जिम्मेवारी समाल्दै आएका छन् । त्रिभुवन विश्वविद्यालय ले स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन २०७६ फागुन १४ गते गर्ने भनेर केहि दिन अगाडी त्रि.वि. का सम्पूर्ण आंगिक क्याम्पस लाई पत्राचार गरेको थियो उक्त पत्रचारलाई मध्यनगर गर्दै। स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिले संगठन विद्यार्थी हरुको बैठक राखेर कार्यतालिका प्रस्ताव गरेको छ।

कार्यतालिका-प्रस्ताब

त्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय को उक्त वैठक मा सहभागी भएका अनेरास्ववियु , समाजबादी विद्यार्थी युनियन , अखिल (छैठौ) र नेपाल क्रान्तिकारी विद्यार्थी संघ सम्पूर्ण विद्यार्थी नेताहरुले प्रस्थावित स्ववियु निर्वाचन तालिकाको स्वागत गरेका थिए । ठुलो संगठन भनिएको नेपाल विद्यार्थी संगठन भने वैठक मा सहभागी देखिएन।

किन सहभागी भएन भनेर हाम्रा सहकर्मीले विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगा बहादुर थापालाई सोध्दा नेविसंघ ले २/३ दिन भित्र आफनो प्रतिनिधि पठाउने जानकारी हामीलाई जनाएको छ भन्नु भयो त्रिवि का निमित रेक्टर शिवलाल भुसाल को अध्यक्षता मा बसेको बैठक मा नेविसंघ र विप्लप निकट क्रान्तिकारी संगठन बाहेक अरु संगठनहरुको सहभागिता रहेको थियो ।

1 Comment

Leave a Comment