विश्वविद्यालयले सुचना जारी गरेको छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड – १९) को नेपालमा संभावित जोखिम नियन्त्रणका लागि त्रिभुवन विश्वविद्यालयक अत्यावश्यक सेवासँग सम्बन्धित निकायहरू बाहेक अन्य सबै क्याम्पस कार्यालयहरू नेपाल सरकारले तोकेको लकडाउन अवधिभर बन्द रहेको व्यहोरा सबैलाई जानकारी नै छ। यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरु क्वारेन्टिनमा प्रयोग भैरहेको र शिक्षक तथा विद्यार्थीहरु सम्बन्धित क्षेत्रमा विज्ञ तथ स्वयंसेवीको रुपमा कार्यरत रहेको अवस्था पनि छ ।

यसैवीच विद्यार्थीहरुको अध्ययन अध्यापनलाई नियमितता दिनुपर्ने कुरालाई मध्यनजर गरी कस्तो विधि अपनाई हाललाई विश्वविद्यालयका कक्षा सञ्चालन गर्न सकिन्छ र भावी दिनमा कस्तो विधि बनाउनुपर्ला भन्ने विषयमा अध्ययन गर्न भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. विनिल अर्यालको संयोजकत्वमा स्कुल अफ म्यानेजमेन्टमा निर्देशक प्रा.डा. महानन्द चालिसे, खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक डा. गंगाराम गौतम र उपकुलपति कार्यालयका नि प्रमुख विष्णु प्रसाद अर्याल सदस्य रहने गरी एक समिति गठन गरी अध्ययन भइरहेको छ।

अनलाइन कक्षा सञ्चालन गरेकोमा ती सबैलाई हार्दिक धन्यवाद

यस अवधिमा आ-आफनो पहलमा विभिन्न क्याम्पस स्कूल विभागहरुले अनलाइन कक्षा सञ्चालन गरेकोमा ती सबैलाई हार्दिक धन्यवाद दिदै ती कक्षाहरुलाई यथावत सञ्चालन गर्न र अरु कार्यक्रमहरुमा पनि क्रमश: अनलाइन कक्षा सञ्चालन गर्ने वातावरण बनाउन अनुरोध छ । यसका लागि विश्वविद्यालयले आवश्यक सफ्टवेयरको व्यवस्था गरिसकेको र केही दिनमा नै उपलब्ध गराइने र आवश्यक भएमा सोका लागि प्राविधिक सहयोग पनि उपलब्ध गराइने जानकारी गराउदछ । अनलाइन कक्षा सञ्चालनका लागि कानुनी व्यवस्था पनि तुरुन्तै मिलाइनेछ।

सबै क्याम्पस स्कुल विभागहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुसंग निरन्तर सम्पर्कमा रहिरहन तथा निरन्तर छलफल गर्न समेत अनुरोध छ । सबै क्याम्पस स्कुल विभागहरुले विद्यार्थीसँग सम्पर्क गर्ने व्यक्ति तोकी विद्यार्थी संख्याको आधारमा विद्यार्थीलाई सम्पर्कमा रहन सार्वजनिक रुपमा सूचित गर्न अनुरोध गरिन्छ । अनलाइन शिक्षाका लागि विद्यार्थीको विवरण (फोन न सहित आवश्यक हुने भएकोले सो विवरण तयार गरी राख्नुहुन अनुरोध छ।

सम्बन्धन प्राप्त क्याम्पसहरुले पनि आफ्ना विद्यार्थी, शिक्षक र विद्यार्थीहरुसंग निरन्तर सम्पर्कमा रहिरहन र छलफल निरन्तर गर्न एवम् यस विषम परिस्थितीमा आफना कक्षाहरु कसरी सञ्चालन गर्न सकिन्छ । सो वारेमा बैकल्पिक व्यवस्था गरी डीन कार्यालयमा जानकारी उपलब्ध गराइदिनुहुन समेत अनुरोध गरिन्छ ।

क्याम्पस स्कुल विभागहरुले शिक्षक कर्मचारीहरुलाई सम्पर्कमा राखिराख्न र सम्भव भएसम्म कार्यालयका रोकिएका र घरमै बसेर गर्न सकिने कामहरु गर्नु गराउनुहुन अनुरोध गरिन्छ ।

जहाँ रहनुहोला, सुरक्षित रहनुहोला।

dean office

 

 

 त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुलाई अनरोध

 

dean office

Leave a Comment