शुक्रराज शास्त्री र दशरथ चन्द को जीवनी !

shukraraj shastri ra dasharath chand

शुक्रराज शास्त्री

वि.स १९५० मा काठमाडौँ को खिउलि मा पिता माधवराज जोशी र आमा रत्नमाया जोशी को कोख बाट जन्मिएका थिए । नेवार परिवारको क्षेत्री समुदायमा जन्मिएका शुक्रराज शास्त्री का पिता आर्य समाजका नेता थिए। पिताले सस्कृति पढ्नु भएको थियो।पिता जस्तै बन्ने सपना बोकेका शुक्रराज शास्त्रीले सस्कृति विषय नै पढेका थिए। पछि उच्च  श्रॆणीमा संस्कृत भाषामा शुक्रराज शास्त्री उतिर्ण गरेकाले शुक्राजलाई शास्त्री भनिएको हो।

महान सहीद शास्त्री

शुक्रराज शास्त्री

शुक्रराज शास्त्री

शुक्रराज शास्त्री भारतको इलाहाबाद स्थित दयानन्द आर्य समाजी बिदधालय मा प्रधानाध्यापक भएर काम गर्नु भएको थियो भने भारत कै विभिन्न व्यक्तिहरु संग सहकार्य गरेर सामाजिक सुधारका  क्षेत्रमा पनि केहि योगदान पुराएका थिए। भारत कै पन्जाब विश्वविद्धालय बाट अंगेजी विषय मा स्नातक गरेपछि पुन नेपालमा आउनु भएको थियो।वि.स. १९९२ नेपाल आइसकेपछि नेपालका केहि क्रान्तिकारी साथीहरु संग सम्पर्क भएको थियो।वि.स. १९९३ मा ‘नागरिक अधिकार समिति’ मा बसी राणा शासन विरोधी अभियान अगाडी बध्हेका थिए। शुक्रराज शास्त्री भारत मा पढेको र भारतका बिशिस्ट व्यक्ति महात्मा गान्धी संग भेट गरेर नेपालको बारेमा कुरा गरेको।

र नेपाल फर्के पछि राणा हरुको विरुदमा लागेको भन्दै राणाको सरकारले नजरबन्द गरेका थिए उक्त नजरबन्दलाई तोडेर शुक्रराज शास्त्री ले वि.स. १९९५ मार्ग १३ गते काठमाडौँ को इन्द्रचोकमा राणा शासकहरुको विरुदामा पहिलो आमसभामा सम्पूर्ण नागरीक लाइ एकजुट हुन् । आह्वान गरेका थिए।त्यसपछि राजद्रोहको अभियोग लगाएर पक्राउ गरि तिन वर्ष को कैद सुनाइयो। वि.स. १९९७ माघ ६ गते दिउसो १०-११ बजे आठ वटा मुद्दामा सफाई दिदै फासिको सजाय सुनाइयो र वि.स. १९९७ माघ १० गते राति झुण्डाएर मारियो।

दशरथ चन्द

 दशरथ चन्द

दशरथ चन्द

बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा वि. स. १९६० असार १७ गते जन्मिनु भएको दशरथ चन्द ? चन्द लाई शहीद माइला उपनामले पनि परिचित हुनुहुन्थ्यो।

चन्दको परिवारमा जेठा बुबा रबी चन्द , कान्छा बुबा सुबेदार दलबहादुर चन्द र भाइ ललित चन्द थिए। भारतको बनारस विश्ववद्यालयबाट मानविकी तथा समाजशास्त्र विषयमाप्रमाण पत्र तह उतीर्ण गर्नु भएका स्व. दशरथ चन्दलाई राणाशासन विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व ठानिन्थ्यो। चन्दले बनारस विश्ववद्यालयबाट नै स्नातक गर्नु भएको थियो। चन्द भारत मा अध्ययन गर्दा राजनीतिक सभा, आन्दोलन हरुमा पनि सहभागी हुने गर्नु हुन्थियो।

पछि काशी नागरिक प्रचारणीय सभामा रहेर राजनीति क्रियाकलापहरूगर्न थाल्नुभयो। त्यसपछि महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नु भएको सत्याग्रहमा दशरथ चन्दले सक्रिय रूपमा भाग लिनुभएको थियो। वि.स. १९९० साल मा बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्य सँग दशरथ चन्दको पहिलो पटक भेट भयो।

वि.सं. १९९१ मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो। त्यसपछि थाइल्याण्ड पुगेर नेपालमासशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो। वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो। वि.सं. १९९१ मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो। चन्द नेपाल प्रजा परिषद्को कार्यकर्ता हुनुहुन्थ्यो। चन्दले सेवा सिंह भन्ने छद्मनाम बाट राणा विरोधी लेख छाप्नुहुन्थ्यो। राणा विरोधी गतिविधि गरेकोभनेर दशरथ चन्द र गङ्गालाल श्रेष्ठ लाई जेल हालिएको थियो। किन भने राणा विरोधी काम गरेको भनि। सँयोग बस चन्द र श्रेष्ठ जेलको एउटै कोठामा पर्नुभएको थियो। चश्मा लगाउने दशरथ चन्द निकै शालीन स्वभावका हुनुहुन्थो।

महान सहीद चन्द

गाउँका सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु संग एक दमै नजिक हुने गर्नु हुन्थियो। गाउँमा प्रत्येक घरमा जानुहुन्थ्यो। दिदी, बहिनी, भाउजूहरूसँग ख्याल-ठट्टा गर्नुहुन्थ्यो। उहाँलाई भोक लागेमा जुन घरकी भाउजू सँग पनि मागेर खान हिच्किचाउनु हुन्थ्यो। बनारस विश्ववद्यालयबाट स्नातक सकेर आएपछि युवा दशरथ चन्दको विवाहको लागी घरमा चलेको थियो।

काठमाण्डौ मै खानदान राणा परिवारकी जुलिया मैया संग गर्ने कुरा भयो तर सौभाग्य भनौ या दुर्भाग्य दुईपटक जन्ती गए तर केटीको परिवारमा ‘जुठोसुत्केरो’ परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो। अन्तत वैवाहिक जीवन मा जोडिन नपाउँदै स्वर्गिय हुनु भयो। तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो।

 

4 Comments

Leave a Comment