स्टेफेन हकिङ महान वैज्ञानिक विज्ञानका एक योद्दा हुनु हुन्थियो ?

स्टेफेन हकिङ

Stephen William Hawking (स्टेफेन विलियम हकिङ)

सन् १९४२ जनवरी ८ अक्सफोर्ड, इंग्ल्याण्डमा मा जन्म भएको थियो। २१ औं शताब्दीको समयमा विश्वका महान वैज्ञानिक भौतिकशास्त्री
स्टेफेन हकिङ लाई निकै शक्तिशाली व्यक्ति मानीएको छ । Amyotrophic Lateral sclerosis (ALS)रोगका कारण २१ वर्षको उमेरदेखि नै पीडित हुनुभएको स्टेफेन वैज्ञानिक गणित, भौतिकशास्त्र र खगोल विज्ञानमा गहन रुचि राख्नुहुन्थ्यो।

स्टेफेन हकिङ

गणित र भौतिकशास्त्र का विद्वान स्टेफेन हकिङ आइज्याक न्युटन, अल्वर्ट आइन्स्टाइन पछिका विशिष्ट विद्वान का रुपमा लिने गरिएको पाइन्छ। विद्यार्थी अवस्थामा २१ वर्षको उमेर मै Amyotrophic Lateral sclerosis (ALS) रोगको लक्षण देखिएको र सोही रोगका कारणले नशामा गडबडी भई युवा वस्थामा नै हिँडडुल गर्न नसक्ने हुनुभयो।

सन् १९७० देखि ह्वील चियर मा खुम्चिन बाध्य भएका महान वैज्ञानिक हकिन्स ले ब्रह्माण्ड बारे सरल व्याख्या गर्दै एउटा पुस्तक सार्वजनिक गर्नु भयो। सन् १९८८ मा ‘A Brief History of Time’ नामक पुस्तक प्रकाशित भएपछि विश्वव्यापी रुपमा चर्चामा आउनु भयो । ‘A brief history of Time’ नामक पुस्तक मा हकिङले ‘Block Hole and Big Bang” बारे नयाँ विषयहरू प्रस्तुत गरिएका छन् ।

Stephen hawking ( स्टेफेन हकिङ ) being presented by his daughter lucy hawking at the lecture he gave for NASAS 50th anniversary

अमेरिकाले सन् २००९ मा विशिष्ट नागरिक को सम्मान “Presidential Model of Freedom” प्रदान गरिएको थियो। हकिङले सापेक्षतावादको सिद्धान्त र क्वान्टम(QUANTUM) सिद्धान्त लाई समावेश गरी ब्रह्माण्ड को उत्पत्तिको बारे आफना महत्पूर्ण धारणाहरू प्रस्तुत गर्नु भएको थियो। पहिला सर आइज्याक न्युटन ले समालेको क्यब्रीज विश्वविद्यालय को गणित विषयको प्राध्यापक पदमा ३० वर्ष सम्म अनवरत रहेर आफ्नो पेशा प्रति को भुमिका निर्वाहा गर्नु भएको थियो।

स्टेफेन क्यब्रीज विश्वविद्यालय को Center of Theoretical Cosmology Department को निर्देशक समेत सहनु भयो। स्टेफेन हकिङ को घाँटीमा श्वासप्रश्वास सम्बन्धी पाइप राखेपछि सधैंका लागि आवाज गुमाउनु भयो। स्टेफेन हकिङ को शारीरिक अवस्थालाई विचार गरी कम्पुटर को व्यवस्था गरियो। उक्त कम्प्युटरमा सामान्य २ वटा औँला चलाएर आफना धारणाहरू प्रस्तुत गर्न सकिन्छ।

महान वैज्ञानिक हकिन्स

कम्प्युटर संग जोडिएको speech synthesizer ले हकिन्सले कम्प्युटरमा लेखेका शब्दहरूलाई आवाज प्रदान गर्दछ। एउटा शब्द बोल्न करिब १० मिनेट लगाउने वैज्ञानिक हकिन्स दायाँ गालाको साहारामा आफना भनाइहरू कम्प्युटर मा जडान गरिएको voice synthesizer ले यसलाई आवाजको रुपमा प्रकट गर्नु हुन्थियो।

महान वैज्ञानिक हकिन्सले ‘infra Red Sender भएको चस्मा लगाउनु हुन्थियो। विभिन्न १२ मानार्थ डिग्री प्राप्त गरेका हकिङले अक्सफोर्ड र क्यब्रीज का पूर्व विद्यार्थी Dennis William Sciama को निर्देशनमा विद्यावारिधि (PHD) उपाधि हासिल गर्नु भएको थियो। महान वैज्ञानिक स्टेफेन विलियम हकिङ को ७६ वर्ष को उमेरमा कम्बेडिज, इङ्ल्यान्ड मा सन् २०१८ मार्च १४ मा मृत्यु भएको थियो।

महान वैज्ञानिक स्टेफेन हकिङ का चर्चित रचनाहरू :

1. A Brief History Of Time (AD 2088)
2. Black Holes And Baby Universe And Other Essays (AD 1994)
3. The Universe Is A Nutshell (AD 2001)
4. On The Shoulders Of Giants. The Great Works Of Physics And Astronomy (2002)
5. God Created The Integers: The Mathematical Break Throughs That Changed History (AD 2005)
6. The Grand Design (AD 2010)
महान वैज्ञानिक स्टेफेन हकिङ ले छोरी लुसी संग संयुक्त लेखन बालकथाहरु:
1. Georges Secret Key To The Universe (AD 2007)
2. Georges Cosmic Treasure Hunt (AD 2009)
महान वैज्ञानिक स्टेफेन हकिङ का चलचित्रहरु:
1. A Brief History Of Universe (AD 1991)
2. Stephen Hawking Universe (AD 1997)
3. Horizon The Hawking Paradox (AD 2005)
4. Masters Of Science Fiction (AD 2007)
5. Master Of The Universe (AD 2008)
6. Into The Universe With Stephen Hawking (AD 2010)

1 Comment

  • […] काठमाण्डौ मै खानदान राणा परिवारकी जुलिया मैया संग गर्ने कुरा भयो तर सौभाग्य भनौ या दुर्भाग्य दुईपटक जन्ती गए तर केटीको परिवारमा ‘जुठोसुत्केरो’ परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो। अन्तत वैवाहिक जीवन मा जोडिन नपाउँदै स्वर्गिय हुनु भयो। तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो। […]

Leave a Comment