त्रिभुवन विश्वविद्यालयले कार्यालयमा सामाजिक / भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्यालय खोल्ने ।

COVID-19

बिगत ६ महिना यता कोरोना भाइरसको कारणले विश्व नै तरंगित भैरहेको छ। यसको प्रभाव नेपालमा पनि परेको छ भने पछिलो केहि महिना यता नेपालमा कोरोन भाइरस संक्रमितको संख्या निकै बढिरहेको छ। संक्रमित मात्रै होइन मर्नेको संख्या पनि दिनदिनै बढिरहेको छ।

उक्त सङ्कटको घडीमा नेपाल सरकारले एक्सन त लिएकै हो तर अलि ढिला चाहिँ पक्कै गरेको थियो ? महामारी रोकथाम गर्न नेपाल सरकारले २०७७ चैत्र ११ देखि लकडाउन घोषणा गरेको थियो । लकडाउनको समयमा अत्यावश्यक काम घर बाहिर निस्कन रोक लगाइएको थियो ।

कोरोना भाइरस (कोभिड-१९)

कोरोना भाइरस (कोभिड-१९) कै कारणले नेपाल सरकारले २०७७ चैत्र ५ गते बाट शैक्षिक संस्थाहरूमा पठनपाठन लगायत कार्यालयहरु पनि सम्पूर्ण बन्द भएका थिय  भने बन्दाबन्दीकै कारण एसईईदेखि विश्वविद्यालयको पठनपाठनलगायत परीक्षाहरूसमेत स्थगित भएका छन् । झन्डै तिन महिनाको बन्दाबन्दिले बिभिन्न समस्याहरु निम्त्यको चाहिँ पकै हो । मानिसलाई खानपानको समस्याले धेरै मानिसहरुले भोकभोकै मर्न बाध्य भए यी र यस्तै समस्याहरुले तिन महिना सम्म घरभित्र बन्दी भएर नेपाली जनता बस्न बाध्य भए ।

नेपाल सरकारले असार एक गते देखि केहि सहज हुने गरि बन्दाबन्दिलाइ खुकुलो पारेको छ। जसमा मानिसलाई एक ठाउँ बाट अर्को ठाउ हिड्डुल गर्न दिने, निजि सवारी साधन जोढ बिजोड गरेर आफनो जिल्ला भित्र चल्ल्न दिने ब्यबस्था गरेको छ भने सरकारी तथा निजि कार्यालयहरु पनि पूर्ण रुपमा खोल्ने भएको छ।

त्यस्तै विद्यालय, कलेज र विश्वविद्यालयहरुको पठनपाठनलाइ घरबाटै प्राबिधिक माध्यमले  पढाउने र प्रशासनिक कामको लाइ बिहानी र दिवा गरि दुइ चरणमा कार्यालयहरु खोल्न पाउने ब्यबस्था मिलाएको छ। यसैलाई मध्यनजर गर्दै  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सवै निकायहरु २०७७ साल आषाढ ०१ गते देखि कार्यालयमा सामाजिक / भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्यहरु कार्यालय समय विहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन गर्ने निर्णय भएकोले सोहि अनुसार गर्नु गराउनु हुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले जारि गरेको सुचना यहाँ पढन सक्न्नु हुन्छ:

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड – १९) को नेपालमा संभावित जोखिम नियन्त्रणका लागि विशेष सचेतता अपनाई पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस/विभागहरुमा सञ्चालित नियमित कक्षा तथा परीक्षा लगायत सम्पूर्ण शैक्षिक गतिविधि स्थगित गरी शिक्षक तथा विद्यार्थीहरुलाई विदा दिइनुका साथै त्रि.वि.चिकित्सा शास्त्र अध्ययन संस्थान तथा कषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतका अस्पताल एवं स्वास्थ्य सम्बन्धी निकायहरुका सेवाहरु एवं अन्य अत्यावश्यक सेवाहरु वाहेक अन्य सबै क्याम्पस/कार्यालयहरु २०७६ चैत्र १० गतेदेखि ऐ २१ गतेसम्म बन्द गरिएको र सोही समयमा नेपाल सरकारबाट

राष्ट्रव्यापी लकडाउनको घोषणा भएकोले सरकारबाट घोषणा भएको लकडाउन अवधि कायम रहज्जेलसम्मका लागि क्याम्पस कार्यालय बन्द गर्ने निर्णय भएकोमा अवका दिनमा नेपाल सरकारबाट लकडाउन मोडालिटी परिवर्तन गरि केही खुकुलो गरी २०७७ साल आषाढ ०१ गतेबाट दैनिक प्रशासनिक कार्यहरु सञ्चालन गर्ने व्यवस्था भएकोले त्रि.वि. कार्यकारी परिषद्को मिति २०७७/०२/३२ को बैठकको निर्णय नं. ३१५ बाट बन्द अवस्थामा रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सवै निकायहरु २०७७ साल आषाढ ०१ गते देखि कार्यालयमा सामाजिक / भौतिक दूरी कायम गरी दैनिक प्रशासनिक कार्यहरु कार्यालय समय विहान १०:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म सञ्चालन गर्ने निर्णय भएकोले सोहि अनुसार गर्नु गराउनु हुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Comment