नेपाल टेलिकमले ल्यायो शिक्षक, विद्यार्थी र अभिभावकका लागी सस्तो नयाँ डाटा प्याकेज ।

Nepal Telecom

बिगत लामो समय देखि कोरोना भाइरसको कारणले विद्यालयको पठनपाठन ठप्पै रहेको छ । भौतिक उपस्थितिमा विद्यालय संचालमा ल्याउन अझै केहि समय लाग्ने देखिए पछि केहि महिना यता इन्टरनेटको पहुच भएका क्षेत्रमा विद्यालयले बैकल्पिक विधि अनलाइनमा पठनपठान भहिरहेको छन् । अनलाइन पठनपठानलाई मध्यनजर गर्दै नेपालि टेलिकमले बिभिन्न खाले सस्तो दरका डाटा प्याक रहेको छ । सस्तो डाटा प्याकेज कै क्रममा नेपाल टेलिकमले CUG नामको नयाँ प्याकेज ल्याएको छ ।

नेपाल टेलिकम:

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ बमोजिम विद्यालय जाने बालवालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पुऱ्याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) संग समन्वय गरी सरकारी र सामदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड मोबाइल ‘पाठशाला CUG सिम’ निःशुल्क उपलब्ध गराउन लागेको हो ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको Closed User Group (CUG) मा आवद्ध गरी मासिक जम्मा रु. ९९ मा क्लोज्ड गुपभित्र असिमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको बेवसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेवसाइट www.leaming.cehrd.edu.np मा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरू उपलब्ध हुनेछ ।

सो प्रिपेड सिमकार्डबाट शिक्षक-विद्यार्थी र अभिभावकबीच असिमित कुराकानी गर्न, शिक्षा तथा मानद गोल विकास केन्द्रको वेब पोर्टल निशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि वल्क एसएमएस पठाउन सकिने छ

कर्पोरेट युजर गुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधरीलाई एउटा सिमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गर्ने, प्रत्येक विद्यालयका यी फोन नम्बरलाई Closed User Group (CUG) सेवामा आबद्ध गराउने र यो सेवा वापतको शुल्क नेपाल सरकार, प्रयोगकता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको छ।

NEPAL TELECOM यदि कुनै विद्यालयका विद्यार्थी, शिक्षक र परिवारको एक सदस्यसंग नेपाल टेलिकमको सिम नभएको अवस्थामा माग वमोजिम कम्पनीले सिम निःशुल्क उपलब्ध गराउने छ। यो सेवा अन्तर्गत प्रत्येक विद्यार्थी र शिक्षकले निःशुल्क प्राप्त गर्ने सिमकार्डका लागि शिक्षक र विद्यार्थीको नागरिकता र परिचयपत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकपति फोटो उपलब्ध हुनुपर्दछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन् ।

विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराइने ‘पाठशाला CUG सिम’ विद्यालयले रितपूर्वक भरिएको फाराममा स्थानीय निकायबाट सिफरिश लिई नजिकको नेपाल दुरसञ्चार कम्पनीको कार्यालयबाट एकमुष्ट लिन सक्नेछन् । त्यसैगरी कम्पनीले प्राविधिक दृष्टिकोणले सम्भव भए सम्म सहुलियत दरमा टोल फ्रि नम्बर समेत उपलब्ध गराउने छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्टरनेट सेवा नपुगेका सार्वजनिक विद्यालयहरुको गाउँपालिका सहितको नामावली संकलन गरी पठाए पश्चात् नेपाल टेलिकमले विद्यालयमा वैकल्पिक माध्यम वायरलेस ब्रोडब्यान्ड प्रविधिवाट इन्टरनेट सेवा उपलब्ध गराउन अध्ययन गरी पाइलटिङ गर्ने र उक्त स्थानहरुमा आफ्नो कार्ययोजना अनुसार मोवाइल र एफटीटीएच विस्तार गर्नेछ ।

1 Comment

Leave a Comment