ल है!! आयो रेल नेपालमा | Nepal Railway

Nepal Railway

Historic Moment: Nepal railway entering Nepal from Jayanagar Border. If everything goes as per plan, train would run after Dashain.

Here is the Nepal”s own new train.
The exterior as well as interior features are shown here in above featured image.
नेपालले इंडिया बाट किनेको २ ओटा ट्रेन बोर्डरमा आइपुगेको छ। आज जनकपूर आइपुग्ने भएको छ भने जनकपुर-जयनगर रेलवे त्रैक इंडियाले नेपाललाई असोज भित्र ह्यान्डओभर गर्ने तयारी गरेको छ।

Jit Bahadur Nepal ज्यू लेख्नु हुन्छ :

Jit Bahadur Nepal Railway
“छिमेकी देश भारतको आाग्रामा करीब २ बर्ष बिताउदा धेरै जसो समय मैले रेल नै हेरेर बिताए,रेल कुदेको देख्दा अचम्मै लाग्थो।पछि आग्राबाट दिल्ली हुँदै चन्डिगढ जाँदा सदाब्दि एक्सप्रेस रेल चढ्दाको अनुभव त भनिसाध्यै छैन।कतिखेर गाँउ जाँउला र यो रेल चढेको कुरा साथीभाईलाई सुनाउला भन्ने लाथ्यो।२२/२३ महिना पछि गाउँ आाएर सबै भन्दा बढि साथीभाई र गाउका मान्छेहरुलाई धाक लाउने कुरा रेलको नै हुन्थो मेरो। मैले रेलको बयान गरेको सुनेर गाँउका आफन्त छरछिमेकीहरु तैले त गर्नुगरीस नी कान्छा यो उमेर मै रेल चढेर आाईस,यी हामी गाँउको गाँउमै छौ,हाँमीले त कहिले रेल देख्नु र चढ्न पाँउनु भन्थे।म आाफुचाहिँ काँकाँन पुगेर,केेकेन गरि भनेर गजक्क पर्थे,बेलाबेलामा बिचबिचमा लेकीन,अच्छा,बातमा,भन्ने हिन्दीशब्दहरु पनि घुसाउदै बोल्थे।गाँउमा मेरो छुट्टै सान थीयो,slc पास हुने बित्तिकै हिन्दुस्थान गएको र रेल चढेर आएकोमा।त्यसपछि म कलाकारीतामा लागेर धेरै देश जाने अवसर पाँय,जापानको बुलेट ट्रेन,हङकङको मेट्रो,बेलायत युरोप,रसिया प्राय सबै रेलहरुमा यात्रा गर्ने अवसर पाए,जहिले पनि रेल चढ्दा मलाई मनमा एउटै कुरा आँउथ्यो हाम्रो देशमा रेल कहिले आउला भनेर। आज जनकपुरमा NEPAl RAILWY लेखेको रेल आाएको देख्दा हाम्रा गाँउका बाआामाले भनेको सम्झे,आाग्रामा दिनभरी रेल आाएको हेर्न कुरेका दिन सम्झे,जे जस्तो भएपनि जति गुडेपनि नेपालमा रेल त आयो।यो कामको तारिफ गर्नै पर्छ,बधाई छ हामी सबैलाई, धन्यवाद छ सरकारलाई।तर यस कार्यले निरन्तर्ता पावोस,यसको सेवा बिस्तारमा सबैको ध्यान जावोस।हाम्रो देशका सबै दल,सबै,नेता,सबै कर्मचारीहरुले चाहनु भयो भने यो जनकपुरमा आाएको रेल पुर्व पच्छिम,काठमाडौ,लुम्बिनी पोखरा नेपाल भर पुग्छ भन्ने लाग्छ। आफु नजीका नेतालाई राष्ट्रिय सभा र मन्त्रीमन्डलमा कसरी लाने धन्ने ध्यान दिन तिर भन्दा नेपाल प्रवेस गरेको यो रेललाई अरुठाँउमा कसरी पुर्याउने भन्ने तिर ध्यान गएमा अबस्य रेल सेवा बिस्तार हुनेछ भन्ने लाग्छ।जय रेल छुकछुक,छुकछुक गुड्दे हटाएर जालझेल।अब यस्ता गीत गाँउन पाईयोस,”पुर्व पच्छिम रेल,छुकछुक गुडेको सपना…हैन, बिपनामै देखे मायाु, मैले तिम्रो, सिउदो भरेको….। जाँउला रेलैमा सररररर…जनकपुर जयनगर….।”

Troll Nepal लेख्नु हुन्छ :

“भारतले यो बर्ष देखि केही डिजेल इन्जिनलाई बिस्तापित गर्दै electric रेल हरु सन्चालन मा ल्याएको छ । अनि हामी भर्खर फेरि डिजेल engine कै रेल ल्याउदै छौ । अब अहिले को अवस्था मा हामी बिधुतमा आत्मनिर्भर हुँदै छौ ।केही बर्ष पहिले ४० प्रतिशत सम्म भारतिय बिधुत प्रयोग गर्थ्यौ भने अहिले २० प्रतिसत मा झरीसक्यो , अनि गत आर्थिक बर्षमा १ अरब बराबरको धेरै भएको बिधुत भारत मा निर्यात नि गर्यौ , अब केही ठुला परियोजना सम्पन्न हुने क्रममा छ अब केही समयमा निर्यात पनि गर्न सक्ने अवस्था मा पुग्छौ । अहिले को डिजल इन्जिन प्रयोग गर्नु भनेको फेरि हामी उर्जामा भारत नै निर्भर हुने हो भने हामी अझै धेरै पछि पर्ने कुरा हो । अनि यो कुरा रेल किन्ने सम्झौता भएको बेला नि उठेको थियो तर सेलायो । सन्सार electric रेल मा पुगि रहदा अहिले हामी डिजेल रेलमा खुसी हुने अवस्था छ ।”
तपाईको भनाई के छ? तल कमेन्टमा लेख्नु होला…

Leave a Comment