कविता-“आमा”

jagat adhikari आमा

“आमा”

यो संसारमा भगवान छ,
भनेर विश्वास त गर्दैन तर
आमा भगवान नै हुन भनेर
विश्वास गर्छु ।

आमा! हजुरले गर्भ धारण गरेदेखि
मैले यो धर्ती नटेकुन्जेल सम्म
कत्ति पीडा खपनु भयो होला?
यसको हिसाबकिताब छैन म संग
तर हजुरको त्यो भोगाइ मलाई
यो संसार देखाउने अठोट थियो,
र त मलाई यो संसार देखाउनु भयो?
आमा,
आफू स्वयं मान्छे भएर फेरि
अर्को उस्तै मान्छेको सृजना गर्नु!
कम्ता गाह्रो काम हो र?
तर पनि हजुरले सबै पिडा खपेर
मलाइ यो धर्तीमा पाइला टेकाउनु भयो।
आमा,
म सानो हुँदा फकाउने
मलाई भोक लाग्यो होला भनेर
छाती चुसाउने ,
मलाइ जाडो भयो होला भनेर
न्यानो गराउने,
म हिड्न नसक्दा हिड्न सिकाउने ,
रुन नजान्दा रुन सिकाउने ,
हास्न नजान्दा हाँस्न सिकाउने ,
तोते बोल्न बोल्न नजान्दा
बोल्न बोल काले भनेर
काउकुती लगाउने ,
आमा,
यो संसारका नियतिका भोगाईहरु
भोग्ने र जीवन बाँच्ने कला सिकाउनु भयो।
नमन छ आमा हजुरलाई यो सन्तानको,
जस्ले केवल आमा शब्द भन्न मात्र जान्यो
तर
हजुरको माया,स्नेह ,मर्म र दुखको
कदर गर्न सकिन होला।
एकदिन पकै हजुरका
दुःख मा मलम लगाउने छु।
आमा,
हजुरको जति बर्णन गरूँ उति नै थोरै लाग्छ।
त्यसैले मेरो प्राप्तिको साँचो अर्थ
हजुर लाई आमा भन्न पाउनु हो?
नमन छ आमा हजुरलाई
यो भाग्यमानी सन्तानको |

-जगत अधिकारी

2 Comments

Leave a Comment