कविता -“म र सपना “

"म र सपना " jagat

“म र सपना “

जब म घरको
मुलढोका बाट निस्किए
अनि
मेरा बाबा , आमा , दाजुभाइ
र दिदिबहिनीहरुले मेरो निधारमा
अक्षता छपकै पारी दिनु भयो ।
निधारमा राता अक्षता लगाउदै गर्दा
मेरा बाबा ,आमाले कति धेरै
सपना देखेका थिए होलान ?
जति धेरै बाबाआमाले
सपना देख्नु भएको थियो ।
त्यो भन्दा धेरै सपना बोकेर
घरको मुलढोका बाट
निस्किएको म
सपना प्रेमी मान्छे !
सपनै सपनाको भारी बोकेर
जन्मभुमिलाई मन अनि,
मस्तिष्कमा थमथमथमाउदै
ओरालो लागेको म !
ती हरियाली पाखापखेरा
मुसुक-मुसुक हास्दै गरेका
ती हिमालका चुचुराहरु लाई
मनमा पिडा भए नि
मुसुकै मुस्कान फर्काएर
हात हल्लाउँदै हिडेको म !
अलि तल पुगे पछि फर्केर
गाउँलाई नियाल्दै गर्दा ?
मेरा आँखा भरी फनफनी
घुमिरहेका मेरा बाबाआमा
अनि ती छाङ्गा , छहारि
र खेतबारीहरुले पनि
मलाई टुलुटुलु हेरिरहेका थिए ?
जब
सहर प्रवेश गरे
अनि ती गाउँका पाखापखेरा
सम्झनामा आउन थाले
ती वालापनमा साथीहरू
संग संगै गुच्छा अनि सटमा
लगाउने बटन, रेडियो मा राख्ने
ब्याटिका हारजित खेलेका
ती दिनहरु ?
अनि संगै स्कुल गएका
ति दिनहरू सम्झीने
हो भने हिजोआजका
दिनहरु त के नै
रमाइला हुन र ?
म,
जुन दिन देखि सिसाकलम
समातेर लेख्न थाले!
अनि जिन्दगीका प्रत्यक परीक्षामा
कुनै न कुनै स्थान हासिल
गरेर पुरस्कार लिएका,
यी हातहरु निरन्तर कुदन थाले र त !
ठुला-ठुला सपना ,
चाहाना र उमंग झन्झन् थपिँदै गए ?

जिवनमा असल मान्छे बन्छु।
बाबाआमाका सपना पूरा गर्ने छु ।
भनी निरन्तर यात्रा तिर लागि रहे?
सपनै सपनाको कुम्लो बोकेर
सहर प्रवेश गरेको म,
सपना प्रेमी मान्छे!
सपना पूरा गर्ने उदेश्यले
निरन्तर गन्तव्यमा कुदिरहेका छन्।
यी संघर्षशील पाइलाहरू?

1 Comment

Leave a Comment