त्रिभुवन विश्वविद्यालयले स्नाकोत्तर दोस्रो वर्ष शिक्षा सङ्कायको नतिजा प्रकाशित गरेको छ ।

COVID-19

बन्दाबन्दिको समयमा पनि त्रिभुवन विश्वविद्यालयले प्रशासनिक विभिन्न कामहरू गरिरहेको छ । विशेष गरी अहिले त्रिविले नतिजाहरू प्रकाशित गरिरहेको छ । नतिजा प्रकाशनको क्रममै त्रिभुवन विश्वविद्यालयले स्नाकोत्तर दोस्रो वर्ष शिक्षा सङ्काय (MED) को नतिजा प्रकाशित गरेको छ । नतिजा मार्कसित सहित हेर्न लाई आफ्नो मोबाइलाको मेसेज मा गएर MED लेखी गरी एक स्पेस छोडी ३३६२४ मा सेन्ड गरी आफ्नो नतिजा हेर्न सक्नु हुने छ । जस्तै: MED ३३२०४० लेखी ३३६२४ मा सेन्ड गर्ने ।

स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ :

स्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । विश्वविद्यालयहरुले अनलाइनसहित विभिन्न वैकल्पिक विधिको माध्यम बाट पठनपाठनका साथसाथै परीक्षा सञ्चालन गर्न सक्ने बाटो खुलेको छ । विश्वविद्यालय अनुदान आयोगले कोरोना महामारीले उच्चशिक्षामा पुर्‍याएको क्षति न्यूनीकरणका लागि छाता निर्देशिका जारी गर्दै नयाँ व्यववस्था गरेको हो ।

सरकारले चैत्र ५ गते देखि देशभरका सम्पूर्ण विश्वविद्यालय, विद्यालय र शैक्षिक संस्थाहरूको पठनपाठन लगाएत सम्पूर्ण कार्य बन्द  गरिएको थियो । केही दिन अगाडी सरकारले प्रशासनिक काम गर्नको लागि कार्यालय खुल्ने अनुमति दिएको थियो भने पठनपाठनलाई स्थगित नै राखेको थियो ।  कोभिड-१९ का कारण बन्दाबन्दिले शिक्षा क्षेत्रमा ठूलो क्षति पुराएको छ । यसलाई मध्यनजर गर्दै ११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट पढाउन थालेका छन् । महामारीको बेला शैक्षिक गतिविधिलाई निरन्तरता दिन उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको आयोगका सदस्य जना सदस्यले हामीलाई जानकारी गराउनु भयो ।

निर्देशिकाले अनलाइन कक्षालाई जोड दिँदै नियमित पठनपाठन, परीक्षा सञ्चालनका वैकल्पिक विधिहरु जोड दिएको छ । अनलाइन विधिबाट पठनपाठन र परीक्षा सम्भव नभए अन्य वैकल्पिक सहित परम्परागत विधिको प्रयोग सकिने निर्देशिकामा उल्यख गरिएको छ । यसको निर्णय विश्वविद्यालयको कार्यकारी र प्राज्ञिक परिषद्ले गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

परम्परागत विधिबाट कक्षा, परीक्षालगायत शैक्षिक गतिविधि सञ्चालन गर्न सरकार र स्वास्थ्य क्षेत्रको सुरक्षा प्रोटोकल अपनाउन भने अनिवार्य छ । ‘नियमित पढाइ नहुँदा कोर्स पूरा नहुने भयो, समयमा परीक्षा नहुँदा शैक्षिक वर्ष नै खेर जाने अवस्था आउने देखिन्छ ।  ‘विश्वविद्यालयहरुको स्वायत्ततालाई ख्याल गरेर अहिलेका जटिलताहरु हल गर्न सकिने उपायहरु दिएको छ ।

निर्देशिकामा पठनपाठन र परीक्षा सञ्चालनका विभिन्न विधि औंल्याइएको छ । सम्भव भएसम्म अनलाइन कक्षा र परीक्षा लिन सकिने व्यवस्था पनि गरेको छ । प्रचलित विधिबाट त्रिविले परीक्षा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने देखिन्छ । उक्त विधिबाट सम्भव नभए उच्च शैक्षिक संस्थामा नै परीक्षा केन्द्र तोकेर पनि परीक्षा सञ्चालन गर्न सकिने कुरा पनि उल्लेख गरिएको छ ।

Leave a Comment