मास्टर्स द्रोसो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिन लाई भेटी ज्ञापन पत्र बुझाएका छन् ।

COVID-19

विज्ञान तथा प्रविधि संस्थान, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १३ वटा केन्द्रीय विभाग, पाटन संयुक्त क्याम्पस, अमृत क्याम्पस र त्रिचन्द्र क्याम्पस मास्टर्स द्रोसो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिन लाई भेटी ज्ञापन पत्र बुझाएका छन् ।
उक्त ज्ञापनपत्रमा त्रिभुवन विश्वविद्यालयले यथाशीघ्र आन्तरिक मूल्यांकन बाट अर्को सेमेस्टर अर्थात् तेस्रो सेमेस्टर लिन माग गरेका छन्

र आवश्यक आधार तय गर्दै छिटो भन्दा छिटो तेस्रो सेमेस्टरको अनलाइन पठनपाठन सुचारु गर्न निर्देशन दिई आधिकारिक सूचना प्रकाशन गर्नको लागि जोडदार माग गरेका छन । त्यस्तै विश्वभर सेमेस्टर प्रणालीमा सम्पूर्ण जिम्मा सम्बन्धित क्याम्पसको विभागलाई नै दिइने प्रचलन रहेको र यो भयावह अवस्थामा त्रिविले पनि सेमेस्टर स्तरउन्नती (अपग्रेड) को जिम्मा सम्बन्धित क्याम्पस कै विभागलाई प्रदान गर्न पनि माग राखेका छन ।

उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा:

विद्यार्थीको ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले तपाईंहरूले उठाउनु भएको विषय सकारात्मक छ । यसको निर्णय गर्न सकिन्छ । तर, कार्यान्वयन गर्न सजिलो छैन भन्ने तर्क राख्नु भएको थियो । हामीले काम नगरका होइनौँ, काम गरिरहेका छौं । यो बीचमा हामीले थुप्रै काम गरेयौं । केही अनलाइन कक्षा पनि सञ्चालन गर्न लगायौ । त्यसमा के कति विद्यार्थी सहभागी भएका छन् सम्बन्धित क्याम्पसका साथीहरु बाट जानकारी लिरहेका छौँ ।

त्रिवि मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु र कर्मचारीको अफिसियल ईमेल आईडी पनि बनाउने तिर लागेउ ,जसमा कर्मचारी र केही विद्यार्थीहरूको आईडी बनाएर वितरण पनि गरिसक्यौं । यसकै लागि धेरै पटक ताकेता गरियौ तर अझै सम्म पनि केही क्याम्पसले आफ्ना विद्यार्थीहरूको नाम लिस्ट पठाउन सकेको छैन । यो समयमा कसरी परीक्षा गराउन सकिन्छ ? जुन कि ३०% विद्यार्थीहरू कता छन् हामीलाई जानकारी नै छैन । तपाईंहरूले भने जस्तो सजिलो छैन भनेर टार्नु खोज्नु भयो ।

आफ्नो समय अभाव भएको कुरा राख्नुभएको थियो र ज्ञापन पत्र छोडिदिन र आँफुले पछि पढ्ने कुरा राख्नु भएको तर सहभागी विद्यार्थीहरुले सुन्नै पर्छ भन्ने अडान राखेको कारण ज्ञापन पत्रको वाचन सुन्न चाहीँ बाध्य हुनु भएको थियो । उपस्थित विद्यार्थीका अनुसार चीत्तबुझ्दो कुरा गर्न सक्नु भएन र खुलेर आश्वासन पनि दिन सक्नुभएन ।

उपकुलपतिले यस परिस्थितीको बेला परीक्षाको विषयलाई चाँडै टुंग्याउने कुरामा व्यक्तीगत पहल गर्नुहुन्छ भन्ने विश्वास नरहेको एक सहभागी विद्यार्थीले हामीलाई जानकारी गराउनु भयो । त्रिविमा ३४७ वटा कार्यक्रम रहेको छ कसरी सबैको अहिले समस्या समाधान गर्ने कुरा राख्नु भएको थियो । सहभागी विद्यार्थीहरूले त्यसको जवाफमा जतीलाई सकिन्छ त्यतीलाई गर्नको लागि अनुरोध गर्दै । सेमेस्टर प्रणली वार्षिक प्रणाली जस्तो हैन भन्ने कुरा राखेका थिए ।

शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल:

त्यस्तै शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले ज्ञापनपत्र बुझ्दै तपाईंहरूले उठाउनु भएको विषयमा म सहमत छौं । मेरो तर्फबाट के कति गर्न सकिन्छ म गर्न तयार छु र तपाईंहरूले उठाउनु भएको विषय सम्बन्धित निकायमा लिएर छलफल गर्ने छौं भन्दै जतिसक्दो यो विषयलाई हामी छिटो टुङ्गो लगाउने छौँ भन्ने तर्क राख्नु भयो । त्रिभुवन विश्वविद्यालय ठूलो विश्वविद्यालय भएकोले यो समयमा तत्काल निर्णय गर्दा दीर्घकालीन असरहरू बारे सोच्नै पर्ने भएकोले समय लागेको हो ।

आशा गरौं ढिलैत्रिविले राम्रो निर्णय गर्ने छ । केही दिन पर्खिन आग्रह पनि गर्नु भएको थियो । डीनलाई आफ्नो कुरा प्रष्ट राखिदिनुस भनेर पनि सुझाब दिनुभयो । परीक्षा अध्ययन समिति बनेको छ । त्यसले केहि दिनमा प्रतीवेदन दिन्छ त्यसको आधारमा हामी निर्णयको लागि अघि बढ्छौँ भनेर जानकारी गराउनु भयो ।

रजिष्टार प्रा. डा.केशल दाहाल:

रजिष्टार प्रा. डा.केशल दाहालले ज्ञापन पत्र बुझ्दै केही असमती जनाउनु भयो । परीक्षा अध्ययनको लागि हामीले एउटा समिति बनाएका छौँ समितिले काम गरिरहेको छ । परीक्षा अध्ययन समितिले प्रतिवेदन बुझाएँ पछि यो प्रक्रिया अगाडि बढ्ने छ । असारको अन्तिम सम्म अध्ययन समितिले प्रतिवेदन बुझाउने छ र त्यसैको आधारमा हामीले निर्णय गर्नेछौं भन्नु भयो । दुईवटा सेमेष्टरको बिचमा कती अन्तर हुनुपर्छ सेमेष्टरमा र अहिलेको परिस्थितीमा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा यो अवस्थामा के तयारी गरि राखेका छन् र कसरी अगाडि बढेका छन् त्यसको पनि अध्ययन गरिरहेका छौँ भन्ने कुरा राख्नुभयो । दुई वटा सेमेस्टरको परीक्षा एकैचोटि गर्दा ब्याक पेपर को परीक्षा दिए जस्तो हुने भएकोले हामी यो पक्षमा छैनौं भन्नु भयो । असारको अन्तिम सम्म अध्ययन समितिले प्रतिवेदन बुझाउने छ र त्यसैको आधारमा हामी निर्णय गर्ने छौ र त्रिविले सूचना जारी गर्ने छ भन्नु भयो ।

डिन प्रा. डा. राम प्रसाद खतिवडा:

त्यस्तै IOST का डिन प्रा. डा. राम प्रसाद खतिवडाले ज्ञापन पत्र बुझ्दै तपाईंहरूले उठाउनु भएको विषयमा मेरो १००% सहमति रहेको छ । हामीले यो विषय नसोचेका होइनौँ तर सम्बन्धित विभागका विभाग प्रमुखहरू नै यो विषयमा गम्भीर देखिनु भएन । प्रा. डा. खतिवडाले विभागिय प्रमुख सँग केही गुनासाे रहेको भन्नु भयो । केहि विभागका विभागीय प्रमुख र सरहरु आन्तरीक मूल्याङ्कनको लागि र उपल्लो सेमेस्टरको पठनपाठनको लागि मानसिक रुपमा तयार हुनुहुँदैन ।

उहाँहरुले विद्यार्थीको चीन्ता बोकेर आउनुपर्ने ठाउँमा नआउनु भएको पनि कुरा राख्नुभयो । कुनै विभागको आन्तरीक मूल्याङ्कन विश्वासीलो नभएता पनि सबैठाउँबाट तयार भएको प्रतीवद्धता आएको खण्डमा हामी तयार छौँ, यसको लागि हजुरहरुले आफ्नो विभागको विभागीय प्रमुख र सरहरुलाई सबैले अनुरोध गर्नुस भन्नु भएको थियो । open book exam मा केहि समस्या हुन सक्ने उहाँको धारणा रहेको थियो ।

ज्ञापन पत्र यहाँ पढन सक्नु हुन्छ :

No description available.

Leave a Comment