काठमाडौँ उपत्यकामा एकै दिन ५१ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।

कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, १९ साउन पछिलो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोन भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । २४ घण्टामा देशका विभिन्न स्थानमा गरिएको परिक्षणले ४१८ जनामा कोरोन भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गरेका छन् । डा जागेश्वरका अनुसार नेपालमा आजका दिन सम्म संक्रमित हुनेको संख्या २० हजार ७ सय ५० जना पुगेका छन् ।

कोरोना भाइरस को कारणले नेपालमा मृत्यू हुनेको संख्या ५७ पुकेको मन्त्रालयले जानकारी गरेको छ । काठमाडौँ उपत्यकामा मात्रै एकै दिन ५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रलायका अनुसार काठमाडौँ जिल्लमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको जानकारी गरेको छ ।

पछिलो एक हप्ता यता काठमाडौँ उपत्यकामा संक्रमितको संख्या निकै बढेको पाइन्छ । नेपाल सरकारले २०७७ साउन ७ गते देखि लकडाउन अन्त्य गरेपछी काठमाडौँ उपत्यका भित्रिनेको संख्या बढेको हो । उपत्यका भित्रिनेको संख्या संगै कोरोना भाइरस संक्रमितको संख्या पनि बढन थालेको हो । सरकारले लकडाउन अन्त्य गरेपछि काठमाडौँ उपत्यकामा सार्बजनिक यातायात चलन थालेको र आवश्यक काम बाहेक पनि सर्ब साधारण बाहिर निस्किने गरेको पाइन्छ ।

घर बाहिर निस्किदा, गाडि चड्दा र एक आपसमा मान्छे जम्मा हुदा सामाजिक दुरी कायम नगर्ने मास्क नलगाउने सेन्इटाइजरको प्रयोग नगर्नाले दिन प्रति दिन उपत्यकाको अवस्था जटिल बन्दै गहिरहेको विज्ञहरुको भनाइ रहेको छ । विज्ञ हरुका अनुसार सरकारले तत्काल एक्सन लिन सकेन र सर्ब साधारणले सजक रहेनन भने खतराको घन्टीले सिमा नागने समेत भनेका छन् । ।

यस्तै, तराइका केहि जिल्लामा कोरोन भाइरस को संख्या दिन प्रति दिन बढेपछि धेरै सहरहरुले निषेधाज्ञा समेत लगाई सकेका छन् । यो जटिल परिस्थितिमा नेपाल सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ भने सर्व साधारण जनताहरुले आफैले पनि सजक हुन् आवश्यक रहेको छ ।

लामो समय सम्म कोरोना भाइरसको भ्याक्सिन पत्ता नलागेको र अझै कहिले पत्ता लाग्ने ठेगान पनि नरहेको अवस्थामा हामीले आफै सहज हुन् आवश्यक छ । विश्वका धेरै देशले भ्याक्सिनको परिक्षण गरिरहेको छ तर ठाउ र हावापानी अनुसार भाइरसका लक्षण नै फरक फरक देखिन थाले पछि वैज्ञानिकहरुलाई भ्याक्सिन पत्ता लगाउन निकै कठिन भएको केही अनुसन्धान सेन्टरले जानकारी समेत गरेका छन् ।

1 Comment

Leave a Comment