११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस?

International women's day

अन्तराष्ट्रिय श्रमिक महिला दिवस जागरूकता सम्बन्धी दिवस हो। यो ८ मार्चमा विश्वभर मनाइन्छ। राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरूका मुद्धा हरु लाई समेटेर मनाउँदै आहिरहेका छन।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस:

सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो। ८ मार्च, १८९६ मा उचित ज्याला र दिनको १० घण्टा कामको माग गर्दै अमेरिकाको न्युयोर्कमा आन्दोलन भयो । १९०७ तिर आइपुग्दा समाजवादी महिलाहरुको ठूलै पंक्ति तयार भयो । त्यसले जर्मनीको स्टुडगार्डमा पहिलो सम्मेलन गरि क्लारा जेट्किनको नेतृत्वमा श्रमिक महिला संघ गठन भयो ।

यसले महिला आन्दोलनको प्रभाव युरोपमा मात्र नभै अन्य देशमा पनि पर्न थाल्यो । ८ मार्च, १९०८ मा अमेरिकाको सिकागो सहरमा महिलाको ठूलो संगठित शक्तिले महिला अधिकारका निम्ति विभिन्न ठाउँमा हड्ताल, खुल्ला सभा र सडकमा उत्रेर विशाल जुलुस प्रर्दशन गरे ।

८ मार्चका दिन:

सन् १९१० मा डेनमार्कको राजधानी कोपन हेगनमा १७ देशका महिलाको सहभागितामा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा ८ घन्टाको श्रम समय लागु गरिनुपर्ने, मातृशिशु कल्याण कार्यक्रम संचालन हुनु पर्ने, आमा र बच्चाको संरक्षण हुनुपर्ने, हतियारको होडबाजी बन्द गरी युद्धको समाप्ति र शान्ति पुर्ण मानव जीवनको ग्यारेन्टी गरिनुपर्ने तथा महिलाले पनि आर्थिक र राजनीतिक मा आबद्ध हुन पर्ने कुरा उल्लेख भयो।

त्यसपछि सन् १९११ देखि हरेक वर्ष ८ मार्चका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस निरन्तर मनाइदै आएको छ । सन् १९६७ मा संयुक्त राष्ट्रसंघको महासभामा महिला र शोषण विरुद्ध प्रस्ताव पारित भयो । १९७२ को संयुक्त राष्ट्र संघीय साधारण सभाले सन् १९७५ लाई महिला बर्ष र १९७५-८५ लाई महिला दशकका रूपमा मनाउन आफ्ना सदस्य राष्ट्रलाई आह्वान गरेको थियो । तर आवश्यकता र परिवर्तित सन्दर्भका आधारमा मागहरु र नाराहरु थपिदै गएको छ ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई महत्वपूर्ण दिनका रुपमा मान्ने गरिएको छ । नेपालमा पनि ठूल्ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु भए तर आजसम्म नेपालमा महिला उत्पीडन भयावह अबस्था मै रहेको छ ।

नेपालमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस:

नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई आमनागरिकको तहमा मनाउन थालिएको चार दशक भयो । मार्च ८ लाई नेपालमा पहिलोपटक वि.सं. २०१७ मा धनकुटाका केही शिक्षिकाले ‘आइमाई दिवस’को रूपमा मनाएको दस्ताबेजमा पाइन्छ । वि.सं. २०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यस दिवसलाई ‘अन्तर्राष्ट्रिय नारी दिवस’को रूपमा मनाउन थालियो ।

२०३४ बाट पारिजातको संयोकत्वमा गोप्य रूपमा ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइयो । तर, २०३६ सालमा श्रमिकको बीचमा नेपाल स्वतन्त्र मजदुर युनियनको गठन र २०३७ मा शान्ता मानवीको संयोकत्वमा अखिल नेपाल महिला संघको पुनस्र्थापना भएपछि मार्च ८ को विश्व इतिहासको मर्मसँग सामिप्यता राख्ने गरी देशव्यापी रूपमा हरेक वर्ष यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालियो ।

नयाँ संविधान:

२०४६ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने वेला दुई दर्जनभन्दा बढी योद्धाहरूले सहादत प्राप्त गरिसकेका थिए । यो परिवेशमा ८ मार्चको संघर्षशील परम्परालाई संघर्षमै हुर्काउँदै ८०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देशैभरि जनआन्दोलनको रूपमा नै मनाइयो । सबै क्षेत्रका सयाैँ महिला गिरफ्तार भए । तर, आन्दोलनको नतिजा सुखद नै रह्यो । जनताले बहुदलीय व्यवस्था प्राप्त गरे ।

नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई आमनागरिकको तहमा मनाउन थालिएको चार दशक भयो । मार्च ८ लाई नेपालमा पहिलोपटक वि.सं. २०१७ मा धनकुटाका केही शिक्षिकाले ‘आइमाई दिवस’का रूपमा मनाएको केही दस्ताबेजमा पाइन्छ । २०४७ मा सरकारी तहबाट यसलाई ‘महिला दिवस’ भन्न थालियो । २०४७ सालको मार्च ८ उत्साहजनक भने हुन सकेन ।

नयाँ संविधानको घोषणा भए पनि महिलाको सन्दर्भमा अपेक्षित उपलब्धि भएन । २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगकै तर्फबाट ‘श्रमिक महिला दिवस’को रूपमा मनाइयो । त्यसपछिका कहिले महिला दिवस र कहिले श्रमिक महिला दिवसका रूपमा मनाइयो । र अन्ततः श्रम कानुन २०७४ (दफा ४१) ले यस दिवसलाई ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा किटान गर्‍यो । त्यसपछि यो वर्षबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत श्रम कानुनको व्यवस्थाअनुसार नै ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा मनाउने निर्णय गरेको छ ।

डा. विन्दा पाण्डे भन्नु हुन्छ “जहाँ शोषण हुुन्छ, त्यहाँ संघर्ष हुन्छ, जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ” भनेझैँ पितृसत्तात्मक विभेदविरुद्ध महिलाहरू इतिहासदेखि नै संघर्ष गर्दै आएका छन् । यो संघर्षमा पुरुषहरू पनि सहयोगी बने । कल्पना गर्नु होस त! नारी अर्थात् महिला बिना को संसार कस्तो हुन्थियो होला।

चार लाइन कविता :

नारी तिमी महान छौँ ।
तिमी सँग भएको
त्यो शक्तिले नै यो संसार
संसार जस्तै भएको छ,
तिमी छौ र त यो संसार छ।
तिमीमा के छैन,
के छ त्यसको हिसाब
कसैले गर्न सक्दैन?
नारी संसारकी आमा हुन्।

सबैभन्दा पहिलो आत्मसात् भनेको उनी र अरूबीचको फरक हो। कसैले कसैलाई पनि हानि नहुने गरी आफ्नो विशेषता व्यक्त गर्न सकिन्छ भन्ने सिकाऊ। उनलाई उनका अनुभव मात्रै सबथोक होइनन् भन्ने सिकाउनुपर्छ। मानिसहरू सबैलाई आफूजस्तै बनुन् भन्ने चाहन्छन्। जो जस्तो छ उसलाई त्यही रुपमा स्वीकार्न सिकाउनुपर्छ। तिमीले छोरीलाई महिलाहरू पुरुषभन्दा सक्षम छन् भनिरहनुपर्दैन।

उनलाई महिला र पुरुष समानरूपमा सक्षम छन् भनिदेऊ। आखिर हामी सबै मानिस हौं महिला र पुरुष बराबरी भनिएपनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । आज पनि महिलाहरू अपहेलित भएर बाच्नु परिरहेको अवस्था छ । घर, टोल र समाज हुँदै राज्य तहमै महिलाहरूलाई दोस्रो दर्जाको रूपमा हेर्ने काम भैरहेको छ ।

महिलाहरु बलात्कार र घरेलु हिंसाको सिकार भैरहेका छन । महिलामाथि असमानता मात्रै हैन, सामाजिक असुरक्षा पनि उस्तै छ । १९ औं शताब्दीको बिद्रोहबाट स्थापित मूल्य र मान्यतालाई स्थापित गर्दै शारीरिक श्रम, सम्पत्ति, सत्ता र सेनामा समान हक कायम गर्न २१ औं शताब्दीमा निर्णायक बिद्रोहको अपरिहार्यता छ ।

नेपाली समाजमा देखिएका समस्याहरू:

१.राजनीतिक दल, राज्य संयन्त्रलगायत राज्यका हरेक निकायमा अन्तिम निर्णय गर्ने ठाउँमा महिलाको न्यून र शून्य सहभागिताका कारण महिला निर्णयकर्ता नभएर पुरुषको एकल समुदायले गरेको निर्णयको पालकका रूपमा सीमित गरिएका छन् ।

२. आर्थिक रूपमा प्राप्त अधिकारले व्यावहारिक रूप पाएको छैन ।

३. पैतृक सम्पत्तिमा सबै सन्तानको समान अधिकार र समान कामको समान पारिश्रमिक र सेवासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

४. राजनीतिक प्रणाली परिवर्तन भएर पनि आम रूपमा समाजमा विद्यमान पुरुषप्रधान सामाजिक–सांस्कृतिक पक्षमा रूपान्तरण हुन सकेको छैन ।

५. समाजमा हिजोसम्म विविध कारणले सीमान्तकृत गरिएका महिलालगायत समुदायले आफूभित्रको आत्मविश्वास र आवश्यक सीप अनि राजनीतिक रूपमा वैचारिक स्पष्टता र गतिशीलताका पक्षलाई सुदृढ गर्न जरुरी छ ।

समृद्ध नेपाल र खुसी अनि सुखी नेपाली’को दिशामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् । ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस ( मार्च ८) को हार्दिक शुभकामना !

 

Leave a Comment