Guthi Bidheyak 2075 | गूठी बिधेयक 2075 को गतिबिधि साथै विस्तृत जानकारी

Guthi Bidheyak 2075

Guthi Bidheyak 2075 Full Information.

गुथी बिधेयक – २०७५ सरकारले ल्याउन लागेको गुठी बिधेयक भनेको:

१) हाल रहेको गुठी संस्थानलाई खारेज गरी प्राधीकरणमा रुपान्तरण गर्दै , अहिले रहेको गुथीयारहरुको दायित्व र कर्तब्यबाट प्राधीकरणले चाहेको बेलामा राजनितिक प्रभावमा नियुक्ती गर्न सकिने,

२) गुथीले भोगचलन गर्दै आएको जग्गा जमीन प्राधीकरणले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्न गराउन सकिने , चलीआएको संस्कृती परम्परा प्राधीकरणको इच्छा र स्वार्थ निहित चलाउने, यावत असंगत र अबैज्ञानिक ढंगले गुथी र सम्पदाहरुलाई अस्तब्यस्त बनाइ यसको मौलिकतामा ह्रास ल्याउने र नष्ट गर्दै लैजाने सरकारी निती नै अहिले ल्याइएको गुथी सम्बन्धी बिधेयक हो ।

Guthi Bidheyak 2075 k ho

Copied from Anonymous | गुठी विधेयकमा के प्रावधान छ ?:

# पहिलो
यो विधेयकले देशभरका गुठीको एकीकृत विकास, सञ्चालन, व्यवस्थापन र प्रशासनका लागि राष्ट्रिय गुठी प्राधिकरणको परिकल्पना गरेको छ । यस्तो प्राधिकरणले गुठीका चल–अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र आवश्यकताअनुसार बेचबिखन गर्न सक्छ। विधेयकको दफा ३ र २३ मा यससम्बन्धी व्यवस्था उल्लेख छ । विधेयकको सबभन्दा गलत प्रावाधान यही हो। यसले अहिलेसम्म स्थानीय गुठियारहरूद्वारा सञ्चालन र व्यवस्थापन गरिँदै आएको गुठी र मातहतका सम्पत्तिलाई प्राधिकरणको स्वामित्वमा लैजानेछ । प्राधिकरणको संरचना सरकारी संस्थानजस्तो छ, जसको सञ्चालक समितिमा कानुन तथा न्याय, गृह, संस्कृति लगायत मन्त्रालयका सचिवहरू रहनेछन् । यसरी नयाँ कानुनले गुठी सञ्चालनको अभिभारा स्थानीय गुठियारहरूका हातबाट खोसेर सरकारी कर्मचारी, सरकारले नै नियुक्त गरेको प्रमुख कार्यकारी, पुजारी, महन्त लगायतलाई सुम्पन खोजेको छ । ‘गुठियार भनेको दाताको परिवार वा दाताले इच्छाएको व्यक्ति मात्र हुन्छ । विधेयकको यो प्रावधानले भने नयाँ गुठियार जन्माउँछ । ‘नयाँ गुठियारमा सरकारी कर्मचारी, सरकारले नियुक्त गरेका व्यक्ति, पुजारी, महन्त, कामदार लगायत पनि रहन्छन्, जसले गुठी सञ्चालन अव्यवस्थित हुन्छ । ‘एउटा गुठियार हुँदा त समस्या छ भने अब १० वटा गुठियार भएपछि को जवाफदेही हुने ? कसको कुरा सुन्ने ? कसको कुरा मान्ने ?
# दोस्रो
विधेयकको दफा १८ ले प्राधिकरणका नाममा अक्षय कोष स्थापना गर्ने भनेको छ। गुठीका तैनाथी जग्गा बिक्रीबाट प्राप्त हुने रकम उक्त अक्षय कोषको स्रोत हुनेछ । तैनाथी भनेको मोही नलागेको जग्गा हो । यस्तो जग्गा तराईमा धेरै छ। विधेयकको यो प्रावधान जस्ताको तस्तै पारित भए न्यूनतम मूल्य तिरेर जोसुकैले गुठीको जग्गा किन्न बाटो खुल्नेछ ।यसबाट गुठीको स्वामित्वमा रहेको जग्गा–जमिन भू–माफियाका हातमा जाने सम्भावना प्रबल रहेको छ । यति मात्र होइन, विधेयकको यही दफाले गुठीको स्वामित्वमा रहेको जग्गा रैतानी जग्गामा परिणत गर्ने व्यवस्था पनि गरेको छ । गुठीका जग्गा रैतानी गर्दा दुरुपयोग भएको भन्दै सर्वोच्च अदालतले २०६५ वैशाख ११ गते रोक्ने फैसला गरेको थियो । यो विधेयकले सर्वोच्चको उक्त फैसला उल्ट्याउन खोजेको छ । यसले पनि भू–माफियाहरूको निम्ति गुठी जग्गा हडप्न बाटो खुल्ने छ ।
# तेस्रो
विधेयकको दफा ४ (च) मा निजी गुठीलाई सार्वजनिकमा परिणत गरी सञ्चालन गर्ने–गराउने व्यवस्था छ । यो प्रावधानले निजी गुठी नियन्त्रण गर्न खोजेको छ । ‘गुठीमा सार्वजनिक शब्दको प्रयोग नै पहिलोपटक भएको हो। यसले निजी गुठीमा पनि सरकारी भूमिका स्थापित गराउन खोजेको देखिन्छ । काठमाडौंमा थुप्रै यस्ता निजी गुठी छन्, जहाँ कुनै परिवार विशेषले आफ्नै आर्थिक क्षमताका आधारमा सानातिना जात्रा र पर्व चलाउँदै आएका छन् । उदाहरणका लागि, हरेक वर्ष सिथिनखःको भोलिपल्ट जैसीदेवलमा मनाइने कुमार जात्रा एउटा निजी गुठीले चलाउँदै आएको छ। विधेयकको उक्त प्रावधानअनुसार यस्ता गुठी सार्वजनिकमा परिणत हुनेछन्। सार्वजनिक संस्थाहरूको हविगत हामीले पछिल्ला वर्ष देख्दै आएका छौं। जब कुनै कार्य निजी व्यवस्थापनबाट सार्वजनिकमा जान्छ, तब त्यो स्वतः अव्यवस्थित हुन्छ।
सार्वजनिकीकरणका नाममा सरकारले गुठीमा त्यस्तै नियति दोहोर्याउन खोजेको छ, जसले काठमाडौंका थुप्रै साँस्कृतिक गतिविधि धराशयी हुनेछन्।
# चौथो
यो विधेयकले गुठी वा धार्मिक स्थल स्थापना गर्न सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । हाल कुनै पनि गुठीका गुठियारहरूले साँस्कृतिक पर्व गर्नुपर्यो वा मठ–मन्दिर निर्माण गर्नुपर्यो भने दाताहरू खोजेर आफैं गर्छन्। यसले हाम्रो परम्परागत संस्कृति र सभ्यताले स्वाभाविक निरन्तरता पाउँदै आएको छ । विधेयकको यो प्रावधानले भने गुठीका यस्ता सानातिना गतिविधिमा पनि राज्यको भूमिका बढाउँछ, जुन अहिलेभन्दा झन्झटिलो हुनेछ। गुठीले कुनै पनि नयाँ कार्य गर्न आफ्नो आम्दानीको स्रोत खुलाएर सरकारसँग अनुमति लिनुपर्नेछ । पुराना धार्मिक संरचना मासिँदै गएका बेला पछिल्लो समय धेरै गुठीले आफैं स्रोत खोजेर नयाँ बनाउँदै आएका छन्। असनको अन्नपूर्ण मन्दिरजस्तै संरचना स्वयम्भूको सानो भर्याङमा निर्माण गर्ने तयारी हुँदैछ । यो जनस्तरबाटै हुन लागेको हो । विधेयक लागू भइसकेको अवस्था हुँदो हो त स्वयम्भूका स्थानीयले उक्त मन्दिर बनाउन पनि राज्यको अनुमति लिनुपर्ने थियो ।
# पाँचौं
विधेयकको दफा २७ ले आम्दानीका आधारमा मन्दिर तथा धार्मिक स्थलहरूलाई छवटा समूहमा वर्गीकरण गरेको छ । ‘मठ–मन्दिरलाई महत्वका आधारमा वर्गीकरण गर्नुपर्नेमा आम्दानीका आधारमा छुट्टयाएर नाफामूलक प्रतिष्ठानजस्तो बनाउन खोजिएको छ । के अब मन्दिरलाई पनि राज्यले कमाइ खाने भाँडो बनाउँदै ठेक्कामा चलाउन खोजेको हो ?
मठ–मन्दिरमा यस्तो ठेकेदारी प्रथा भित्र्याउने सरकारको नियतले धार्मिक आस्था र धार्मिक स्थलको महत्व नाश हुनेछ ।
# छैठौं
विधेयकको दफा ३१ ले धार्मिक स्थल परिसरमा छायांकन वा अन्य क्रियाकलाप गर्न तथा धार्मिक स्थलका नाममा कम्पनी, फर्म वा उद्योग खोल्न छुट दिएको छ । यसले धार्मिक स्थललाई मुनाफाखोर कम्पनीमा परिणत गर्नेछ ।

‘यो विधेयक सरासर धर्म र गुठीको अमूर्त सम्पदा मास्ने उद्देश्यले आएको देखिन्छ । ‘कार्यान्वयन हुने हो भने सनातनदेखि चलिआएको धर्म–संस्कृति सबै सकिन्छ ।
गुठी भनेको यस्तो संस्था हो, जसले नेपालको मौलिक मूर्त –अमूर्त सम्पदा जोगाउँदै आएको छ। यसको सुरुआत लिच्छविकालमै भएको इतिहास छ । यो संस्कृतको गोष्ठी शब्दबाट आएको हो, जसको अर्थ हो समूह। समूहमा मिलेर पूजाआजा गर्ने, चाडपर्व मनाउने तथा अन्य कार्य गर्ने संस्था नै गुठी हो । गुठी मातहत जग्गा–जमिन जोड्ने चलन पनि परम्परागत रूपले चलिआएको पाइन्छ । जग्गा–जमिन भनेको यस्तो सम्पत्ति हो, जुन कुनै पनि विपतमा नाश हुँदैन । पैसा वा सुनचाँदी राख्यो भने क्षति हुनसक्छ, चोरी हुनसक्छ। जग्गा–जमिन भने सधैं आफूसँगै रहन्छ र त्यसको मूल्य निरन्तर बढ्दै जान्छ। त्यही भएर गुठीजस्तो सामुदायिक संस्थाले सम्पत्तिका रूपमा जग्गा–जमिन जोड्ने चलन चलेको छ ।

‘हाम्रा पुर्खा दुरदर्शी थिए, गुठीअन्तर्गत कहिल्यै नमासिने जग्गा(जमिन जोडे, अहिले आएर त्यही जग्गा–जमिनमा सबैका आँखा लागे ।
परम्परादेखि चल्दै आएको गुठी संस्कृतिमाथि राज्यको हस्तक्षेप नयाँ होइन। विगतमा पनि पटक–पटक राज्यबाट गुठी मास्ने कार्य भएका छन् । पहिलोपटक विक्रम सम्बत् १८६२ मा तत्कालीन राजा रणबहादुर शाहको पालामा गुठीमाथि अतिक्रमण भएको छ । त्यति बेला रानी कान्तिमती बिरामी परेकी थिइन्। धामी–झाँक्री देखाउँदा पनि उनको ज्यान बचाउन नसकेपछि राजा रणबहादुरले गुठी, दान, धर्म भनेको मिथ्या हो, भन्दै गुठी विनाश गर्न थालेको इतिहास छ।
जंगबहादुरको पालामा यो परम्परामाथि अझ बढी अतिक्रमण भयो । गुठीका जग्गा राणाहरूले जबर्जस्ती अधिकरण गर्न थाले । केही ठाउँमा यसै भोगचलन पनि सुरू गरे ।
‘जग्गा भएर मात्र अहिलेसम्म यति बचेको हो, सुनचाँदी वा पैसा भएको भए उहिल्यै गुठीहरू टाट उल्टिसक्थे ।
२०२१ सालमा गुठी संस्थान स्थापनापछि त राज्यबाट विधिवत् रूपमै अतिक्रमण सुरू भयो । संस्थान स्थापनापछि मठ–मन्दिरको जग्गा हेर्ने मोहीनाइके खारेज गरियो । मोहीनाइकेले जग्गाको साँध–सिमाना रखवारी गर्थ्यो । ऊ नभएपछि अतिक्रमण ह्वात्तै बढ्यो।
यति मात्र होइन, संस्थान आफैंले गुठीका नाममा रहेको सामुदायिक जग्गा व्यावसायिक प्रयोजनमा ल्याउन थाल्यो। धेरै ठाउँमा गुठीका जग्गा हडपेर ठूल्ठूला व्यावसायिक भवन बनाउन भाडामा दिइयो । यो क्रम जारी छ।
असनको कोथु ननीस्थित मल्लकालीन ‘घडीघर, भत्काएर व्यावसायिक कम्प्लेक्स बनाउने योजना गुठी संस्थानकै हो । स्थानीयको विरोधका बाबजुद संस्थान आफ्नो योजनाबाट पछि हटेको छैन ।
गुठी परम्परा मास्ने यही प्रवृत्तिलाई अहिलेको सरकारले निरन्तरता दिन खोजेको छ । यसमा गुठीको नाममा देशभर रहेका जग्गामाथि आँखा गाडेर बसेका भू–माफियाहरूको मुख्य हात छ । जग्गा हडप्न मिल्ने खालका प्रावधान जसरी विधेयकमा घुसाइएका छन्, त्यसबाट भू–माफियाहरूकै स्वार्थसिद्ध हुनेछ।
गुठी व्यवस्थापन गर्ने यस्तो विधेयक तालुकवाला संस्कृति मन्त्रालयबाट तयार गर्नुपर्नेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय संलग्न हुनुले भू–माफियाहरू सक्रिय भएको प्रमाणित गर्छ ।
#copied

Anonymous writes on Guthi Bidheyak 2075:

कुरा यो हो कि आज गुठीकाण्ड देखेँ ।
नेपाली जनतालाई गुठीको बारेमा न केही मतलब देखियाे
न त कसैको ध्यानै गएकाे छ ।।
वा भनाैं बुझेर पनि बुझ पचाएको हो ।
इतिहास, मूर्त र अमूर्त सम्पदा नै लोप हुने पक्कापक्की
बनाएकाे छ, याे गुठी विधेयकले ।।
जनताको मुखभरी माड लगाउने बुझियाे ।
एकले अर्कोलाई औंला तेर्साएर हाँसीमाजाकमा उडाउने,
भोलिको पुस्तालाई के औल्याएर हाम्रो इतिहासको पुष्टि गर्ने ?
गुठी छ त मठमन्दिर छ, मठमन्दिर छ त इतिहास र सम्पदा पनि ।
खोई त तपाईं हामीले बुझेको?
यस्तै अवस्था रहे, सन् २०२० को Visit Nepal मा
पर्यटक के हेर्न नेपाल आउने?
हजाराैं वर्ष पुरानाे हाम्रो इतिहास, बुद्ध जन्मेको देश ।
त्यही बुद्धको कारणले चीन, जापान, थाइल्यान्ड लगायत
देशमा बाैद्ध धर्म फैलिएकाे छ ।
पशुपतीनाथ जुन हिन्दुको अास्थाकाे केन्द्र हाे ।
मंगाेलियन लगायत थुप्रै जातजातिको आफ्नै इतिहास छ
हाम्रै अाफ्नै इतिहास गर्बिलाे छ ।
पहिला आफै बुझ्नुस् इतिहास खाेज्नुस्।
अहिलेका विकसित राष्ट्रसमेत नभेटेको समयमा,
नेपालकाे इतिहास र सम्पदाले विश्वसामु अस्तित्व
दर्शाएकाे छ ।
यही गुठी विधेयकले हाम्रो देश र
इतिहास मेटाउने प्रयास गर्दैछ ।
जब देशको इतिहास र सम्पदामाथि
यति ठुलो चलखेल हुँदा सबै जना
कानमा तेल हाली बस्ने ?
पहिलेका चप्पले अहिले महलेले जे भन्यो
त्यो स्वीकार्नु पर्ने हाम्रो बिडम्बना कस्तो ?
इतिहास र सम्पदामा हस्तक्षेप गर्न अधिकार
कस्ले र किन दियो ? त्यो तपाईं हामीले
बुझ्नुपर्ने कुरा छोडेर एकले अर्कोलाई खिल्ली
उडाउँदै बस्ने ?
Facebook मा I love my country
लेख्दैमा राष्ट्रप्रेमी भइन्छ ? राष्ट्रबादी बनिन्छ ?
नेपालमा कुनै राजनीतिक पार्टी नै नभएकाे
बेलाको इतिहास र सम्पदा हिजो आएका
चप्पले र महलेले हस्तक्षेप गर्न मिल्छ ?
जे आफ्नो काम हो, त्यो गर्नुस् ।
देश बिकाश गर्नुस्, जनताले साथ दिन्छ ।
इतिहास र सम्पदामाथि नखेल्नुस्
पुर्खादेखि चल्दै आएको परम्परालाई दुईचार जना
मिलेर मनपरी कानुन बनाएर जनतालाई दुःख दिने
काम बन्द गर्नुस् ।
जनता एक निरास भैइसकेकाे अवस्थामा
उस्को एउटै अस्तित्व र सहारा
धर्म हुन्छ ।
इतिहास र सम्पदामाथि खेलवाड गर्ने काम अब न गर्नुस् ?
साथै हामी नेपाली दाजुभाइ
एकअर्कोलाई साथ र हौसला दिअाैँ ।
किन कि इतिहास न तिम्रो हो न मेरो हो
यो हामी सबै नेपालीको साझा हो र साझा रहन दिनुस् ।

guthi pardhikaran guthi partikaran

Source: Kantipur Daily
#abincartoon

Anonymous writes against corrupt people those who entered Kathmandu Valley:

शुरू-शुरूमा बास मागे
बासै त हो नि भनेर
बास दियौं
त्यसपछि भाडामा कोठा मागे
भाडामै त हो नि भनेर
कोठा पनि दियौं
बिस्तारै-बिस्तारै छोरी पनि मागे
चिनेकै त हो नि भनेर
छोरी पनि दियौं
घरजमको लागि जग्गा मागे
आफ्नै त हो नि भनेर
जग्गा पनि दियौं
यत्ती मात्र कहाँ हो र ? भोट मागे
बिकासको लागि त हो नि भनेर
भोट पनि दियौं
यो मागे, त्यो मागे
मागेजति सबै दियौं
नि:स्वार्थले दियौं
माग्नेको स्वार्थ नसोची दियौं
कहिलेसम्म,
आखिर कहिलेसम्म
हामी दिएको दियै गर्छौ ???
आज आएर,
हाम्रो कला मागे, संस्कृती मागे
हाम्रो पहिचान मागे
के अब ती पनि दिन्छौं ?
हाम्रो अस्तित्व मागे
त्यो पनि दिन्छौं ???
अहं,
दिनु हुन्न ।
दिन मिल्नेसम्म दियौं
अब दिनु हुन्न ।
अब त हामीले पनि लिन थाल्ने हो ।
हामीले दिएका एक एक कुरा फिर्ता लिन थाल्ने हो ।
यही हाम्रो कर्तव्य हो
यही हाम्रो अधिकार हो
दिए मागौ,
नदिए खोसौ !
पहिचानको लागि !
अस्तित्वको लागि !!
राष्ट्रियताको लागि !!!

#NewarKoPida

Ashim Shakya Save Nepa Valley

Protest Against Guthi Bill 2075 Went Viral:

Read All: https://www.spotlightnepal.com/2019/06/10/demonstrators-demand-scrap-guthi-bill/

Yogeshwor Amatya को जवाफ (Great Thought):

गूठी बिधेयक खारेज किन गर्नुपर्छ? हेर्नुहोस् यो भिडियो | Guthi Bidheyak 2075

Protest Against Guthi Bill 2075/Guthi Bidheyak | Advocate – Shankar Limbu:

गुठी विधेयक पारित भए सरकार ढाल्‍ने गुठियारको चेतावनी:

स्थानीय नेवार समुदायले गुठी विधेयक पारित भए दुई तिहाइको सरकार ढाल्‍ने चेतावनी दिएका छन्। सोमबार पनि काठमाडौंको असनमा प्रर्दशन गर्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन। आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएकोभन्दै सोमबार अपरान्ह असन–इन्द्रचोक क्षेत्रमा विरोध प्रर्दशन गरे।

गुठी प्राधिकरण विधेयक विरुद्धको प्रदर्शन:

फिचर फोटोहरु!! ललितपुर मंगलबजरमा भयको आमसभा।

नेवा: सभ्यता र संस्कृति एउटा समुदाय सँग मात्र जोडिएको छैन। यो राष्ट्रको गौरव र समस्त नेपालीको पहिचान सँग जोडिएको छ #SaveHeritage

Photo Credit: Amit Machamasi

गूठी बिध्यक खारेज गर

मंगलबजरमा भयको आमसभा

गूठी बिध्यक

गूठी बिध्यक खारेज गर

Protest Against Guthi Bill 2075

Protest Against Guthi Bidheyak

गुठी प्राधिकरण विधेयक विरुद्धको प्रदर्शन

Guthi Bidheyak 2075 गुठी विधेयक खारेजको माग गर्दै आजको बिशाल सभा। यो त खाली सुरुवात मात्र हो! #StopGuthiBill

Sampada Masna Paidaina

Sampada Masna Paidaina

Save Nepa Valley

Save Nepa Valley

गूठी बिध्यक Guthi Bidheyak Guthi Bill

Protest Against Guthi Bill 2075 Guthi lai Luttantra ko Goti Nabanau Sarkar Guthi Bidheyak

गुठी प्राधिकरण विधेयक 2075 – संसदहरुको भनाई:

https://youtu.be/NluiMQsGfUM

Rising Protest Against Guthi Bill 2075:

Masal Julus - Guthi Bidheyak

Photo Credit: Panga, Kirtipur
सायद कालो दिन सुरु भो सिंहदरबारको……
#StopGuthiBill #SAVE_HERITAGE

Credit: Ashim Shakya Ashim Shakya Writes: A frame from a digital sculpture releasing on my channel : https://www.youtube.com/c/ashimshakya #OnTheStreets #ConserveHeritage #JoinTheMovement #JanaAndolan3

Link: https://www.facebook.com/newari.beauties/videos/645379682609848/

गुठी विधेयक 2075 फिर्ता लिए पश्चात को गतिविधि | Maitighar Mandala:

गुठी विधेयक फिर्ता भएपनि २०७६ साल असार ४ गते बुधबार माइतीघर मण्डलामा खबरदारी सभा भब्य र सभ्य तरिकाले गरिएको छ। Below are the footages:

Photo / Video Credit: See-Rees Shrestha Newa: Community ( नेवा: समुदाय ), Kantipur, Shakti Awal‎, Shrestha Sangeeta, Krishna AnshirkDebendra Lal Shrestha, Suresh Manandhar A Positive, etc.

माइतीघर मण्डलामा खबरदारी सभा - Guthi Bidheyak

मानव सागर – नेवा शक्ति

खबरदारी सभा

खबरदारी सभा

Maitighar Mandala Newar Protest

Maitighar Mandala

Save Nepa Valley

Save Nepa Valley

Suti Raheko Bag Lai Nauthaunu

Protest Against Guthi Bill 2075

Newari Community Protest - Guthi Bidheyak

गुठी विधेयक

Newa People

नेवा !!

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति:

Today's jatraa Credit :राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति

Gepostet von The Newars am Mittwoch, 19. Juni 2019

Timelapse footage shows mass protest in Nepal against Guthi Bidheyak:

Mass gathering at Maitighar Mandala to protest against the new bill (Guthi Bill/Guthi Bidheyak) by Government . The bill, which received outrage from various ethnic communities, especially the Newar community, had provisions which critics said would jeopardise the conservation of cultural heritage and traditions of the country.

Timelapse footage shows mass protest in Nepal against Guthi Bidheyak

Mass gathering at Maitighar Mandala to protest against the new bill by Government . The bill, which received outrage from various ethnic communities, especially the Newar community, had provisions which critics said would jeopardise the conservation of cultural heritage and traditions of the country.Vs : Shrijana Creation

Gepostet von The Newars am Donnerstag, 20. Juni 2019

Nepali News Papers’ Headlines for Protest Against Guthi Bill 2075:

Annapurna Post

उर्लियो जनसागर

Naya Patrika

गुठी विधेयक फिर्ता भए पनि प्रदर्शन

Kantipur

गुठी जोगाउना जनासागर

Nepal Samachar Patra - Guthi Bidheyak

सभ्य र भव्य विरोध प्रदर्शन

Rajdhani

गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन (फिर्ता होइन, खारेजीकै माग)

Newar Ko Dharma - Guthi Bidheyak
pani sahayog by newari man

Dharma Lal Shrestha writes:

आज फिब्व: ख्य:मा भएकाे खबरदारी सभा स्थलबाट हाम्रा मनकारी साथिहरूले स्वस्फूर्त रूपमा सम्पूर्ण फाेहरहरू संकलन गरि हाम्राे संस्कारलाई सबै माझ प्रस्तुत गर्नु भयाे। उहाँहरू प्रति हार्दिक हार्दिक नमन !

Fohor Sankalan after guthi bidhyek protest maitighar

Anonymous writes:
“प्रहरीको हात हातमा फूल !!
नेवाहरु कति दयालु हुन्छ्न यहाँ हेर्नुस,
तर परी आएको खन्डमा पहाड जस्तै
अटल पनि हुन सक्छन ।
सबैलाई चेतना भया !!
जय नेवा !!”

flower and nepali police - guthi bidheyak


guthi bill protest and ambulance - guthi bidheyak

newar protest not on bhadama - Guthi Bidheyak

Guthi Bidheyak Newar Ko Power

Beautiful Scene at Maitighar dated 19 June 2019 AD Against Guthi Bill 2075 BS/Guthi Bidheyak via Newar Community of Kathmandu Valley:

https://youtu.be/iG7EOeQrd5c

Anonymous writes “येहि हो हाम्रो संस्कृति , येहि नै हो हाम्रो सभ्यता Proud to be Newa”:

येहि हो हाम्रो संस्कृति , येहि नै हो हाम्रो सभ्यताProud to be Newaजय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Ambulance video credit : Sanu Raj Maharjan

Gepostet von The Newars am Mittwoch, 19. Juni 2019

Beautiful words by Sangeet Shrestha after she observes Newar People Protest Aginst Guthi Bill/Guthi Bidheyak:

Guthi Bidheyak Shrestha Sangeeta

Salute to her words 🙂 #mann_choyo

गोप्य वार्ता | An Excellent Piece of Bitter But Truth Political Dialogues:

Guthi Bidheyak

गोप्य वार्ता
🤵सरकार : ऐ भाडाका लाखौं मान्छे उतार्दा के हेरेर बसीस?
🇳🇵प्रहरी: शान्तिपूर्ण र्याल्ली हेरेर बसेको सर।

🤵सरकार: अरुपनि जनता उठेर आउला, लाताले केरा हेरे जस्तो हेरेर नबस, गोली बर्साऊ।
🇳🇵प्रहरी: बाजागाजा सहित नाचगान गरेर र्याल्ली आएको छ, कसरी गोली हान्ने सर।

🤵सरकार: लाठ्ठी चार्ज गरेर लाट्टाले भए पनि हान ।
🇳🇵प्रहरी: हामीलाई फुल दिदै हिदेको छ कसरी लाट्टीले हिर्काउने सर?

🤵सरकार: धेरै बादविबाद नगर पानीको फोहोराले भए पनि हान।
🇳🇵प्रहरी: यस्तो तनतलापुर घाममा हामी तिर्खाएको बेला हामीलाई पानी प्यास मेताउने गुणीलाई कसरी फोहोरा हान्ने सर?

🤵सरकार: जे भए पनि नीहुं बनाएर ठोक न गधा
🇳🇵प्रहरी: शान्तिपूर्ण र्याल्ली, बाजागाजा नाचगान गरी आएको छ, ऐम्बुलेन्सलाई छोडेको छ कुनै टोडफोर छैन, सडक आफै सफागरेको छ, कसरी नीहुँ खोज्ने सर?

🤵सरकार: साले सरकारको तलब खाएको छ बढी बकबक नगर, दुर्गम क्षेत्रमा ट्राष्फर गरीदिन्छु।
🇳🇵प्रहरी: तपाईको तलब खाएको होइन, सरकारको नाममा जनताले दिएको नुन खाएको हुँ, ट्राष्फर मेरो होइन की तपाईलाई काठमाण्डौंबाट जनलाले लखेतिनेछन् यी चाही हेक्का गर्नुस सर।

©ॐ राज : झी नेवा, भक्तपुर

***

“गुठी विधेयक २०७५/Guthi Bill 2075 BS/ Guthi Bidheyak 2075 BS” मा तपाईको के धारणा छ? नेवा: समुदायको यो गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन तपाईलाई कस्तो लग्यो? के गुठी विधेय खारेज हुनु पर्छ या हुनु हुदैन, तपाईको धारणा तल Comment मा राख्न नभुल्नुहोला !

Leave a Comment