Earthquake felt in Kathmandu at 5:19 AM | 16 September 2020

earthquake in nepal today 2020

काठमाण्डौ

३१ भाद्र २०७७ बुधबार बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्पको धक्का प्रदेश नम्बर ३ का सम्पूर्ण जिल्लामा गएको महसुस भएको थियो । काठमाडौमा एका बिहानै भूकम्पको ठूलो कम्पनले मानिसहरू सबै घर बाहिर निस्केका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ म्याग्निच्यूडको कम्पन गएको देखाएको छ भने European Mediterranean Seismological Center का अनुसार ४.९ म्याग्निच्यूटको र United State Geological survey का अनुसार ५.३ म्याग्निच्यूट गएको अन्तराष्ट्रिय माध्यमले जनाएका छन् ।

वि. स. २०७२ वैशाख १२ गते पछि नेपालमा हजारौं कम्पनहरू गएका छ । विज्ञहरुका अनुसार २०७७ भाद्र २९ गते गएको कम्पन पनि २०७२ कै प्राकम्पन भएको जनाएका छन् । सोही दिन सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान फेरि अर्काे प्राकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाएको अर्काे सानो भूकम्प गएको हो ।

बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्काे प्राकम्पन् गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । विश्वमा भूकम्पीय जोखिममा नेपाल ११ औं स्थानमा पर्छ । वि.स. २०४५ सालमा भाद्र महिनामा ठूलो भूकम्प गएको । त्यस्तै वि.स. २०६८ साल असोज मा पनि ठूलै भूकम्प गएको थियो भने वि.स. २०७२ मा ७.६ म्याग्निच्युटको ठूलो विनासकारी भूकम्प गएको थियो ।

२०७२ सालको भूकम्प ले मानवीय लगायत जनधनको ठूलै क्षति गरेको थियो । २०७२ साल यता निरन्तर प्राकम्पन आउने क्रम जारी छ । त्यसैले भूकम्प बाट बच्ने उपायहरू अपनाउँदै सुरक्षित रहनु होला ।

नेपालमा भुइँचालो जानुको कारण :

भुईंचालो जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो । भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भुईंचालोका तरङ्गहरूको चारैतिर प्रसारण हुन थाल्छ। भुईंचालोले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ।

नेपालमा अहिले सम्म गएका ठूला भूकम्पहरु:

वि.स. १२८०,

वि.स. १३१२,

वि.स. १४०१,

वि.स. १७७१,

वि.स. १८३४,

वि.स. १८६५,

वि.स. १८८२,

वि.स. १८९०,

वि.स. १८९१,

वि.स. १९१४,

वि.स. १९२३,

वि.स. १९३८,

वि.स. १९९० (८.२ रेक्टर)

वि.स. २०४५ (६.५ रेक्टर)

वि.स. २०६८ (६.९ रेक्टर)

वि.स. २०७२ ( ७.६ रेक्टर )

Leave a Comment