अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीमा कोरोना भाइरस पुष्टि ।

Trump

१६ असोज, काठमाडौं , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीमा कोरोना भाइरस संक्रमित भएका छन् । डोनाल्ड ट्रम्प की ३१ वर्षीया सल्लाहकार होप हिक्स लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि । डोनाल्ड ट्रम्पले आफ्नी धर्मपत्नी र आफनो कोरोना परीक्षण गराएका थिए । उक्त परीक्षण पछि आएको रिपोर्टले ट्रम्प र दम्पतीकी रिपोर्ट पोजेटिभ आएको शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछी ट्रम्पले टुइटरमा टुइट गर्दै आफु र आफ्नी दम्पती आइसोलेशनमा जाने बताएका छन् ,आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

डोनाल्ड ट्रम्प

सन् २०१९ को अन्त्यमा चीनको बुहान बाट देखा परेको कोरोना भाइरस (कोभिड-१९) लाई चिनियाँ भाइरस भन्दै हिँडेका ट्रम्पले आफनो देशमा व्यापक रुपमा भाइरसले आतङ्क मचाउँदा सम्म निकै हल्का रुपमा प्रस्तुत हुने गरेको देखिन्थ्यो । यस भन्दा पहिला ट्रम्पले सामान्यतया मास्क नलगाउने, सामाजिक र व्यक्तिगत दूरी सम्म कायम गरेको देखिँदैन ।

राष्ट्रपती ट्रम्पले कोभिड-१९ लाई हल्का रुपमा लिएको भन्दै विश्व भरी आलोचना हुने गरेका पाइन्छन् । पछिल्लो केही दिन यता सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो । यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले बताएका थिए ।

हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको छ । अब, आफूलाई नै भाइरसले आक्रमण गरेपछी के राष्ट्रपती ट्रम्पले पहिला कै जस्ता ओठे जवाफ दिने गर्लान् त ? सर्वसाधारण ले आफना जिज्ञासा सामाजिक सञ्जामका राख्ने गरेका भेटिन्छन् ।

विश्वमा कोभिड-१९ बाट 3 करोड 44 लाख 84 हजार 7 सय 31 जना संक्रमित भएका छन् भने 10 लाख 27 हजार 6 सय 61 जना को मृत्यु भएको छ,त्यस्तै 2 करोड 56 लाख 75 हजार 90 जना निको भएका छन् ।

विश्वकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएको देश अमेरिका नै हो । यो समाचार तयार हुन्जेल सम्म अमेरिकामा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या झण्डै 75 लाखमा पुगेको छ । जसमध्ये 2 लाख 12 हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने 47 लाख 36 हजार 6 सय उपचारपछि निको भएका छन् ।

Leave a Comment