Coronavirus Disease (COVID-19) | नोवेल कोरोना भाइरस ले विश्वव्यापी संकट निम्त्याको छ

नोवेल कोरोना भाइरस

चीनको वूहान सहर बाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) ले अहिले विश्वव्यापी रुपमा संक्रमण निम्त्याएको छ। हाल सम्म मृत्यु हुनेको संख्या १३ हजार ५ सय ९९ जना पुगिसकेको छ भने नोवेल कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ३ लाख १६ हजार ५ सय ६ जान मा पुगेको देखिन्छ।

चीनको बुहान सहर बाट सुरु भएको नोवेल कोरोना भाइरस को संक्रमण हाल विश्वमा १ सय ९१ मुलुकमा फैलिएको छ। विश्व स्वास्थ्य संगठन लयागत विश्वका सम्पूर्ण देशहरूको अथक प्रयासका बाबजुद पनि नोवेल कोरोना भाइरस ले विश्वव्यापी संकट निम्त्याएको छ। चीनमा करिब ४ महिनाको अन्तरालमा ३ हजार २ सय ६७ जना को मृत्यु भएको छ।

चीनमा महामारीको रुपमा नै फैलिएको कोभिड-१९ लाई चिनीया जनताले निकै ठूलो क्षेति पुगेको छ।तर चिनीया जनताको एकता राजनीतिक दलको राम्रो नेतृत्वको र दिनरात नभनी आफ्नो ज्यानको प्रवाह नगरी खटिएका स्वास्थ्यकर्मीहरुको संघर्षशील कामले चिनियाँ जनताले राहत पाएका छ। यति मात्रै नभएर चीनले दुष्ट नोवेल कोरोना भाइरस बाट अब एक जान पनि संक्रमित बाँकी नरहेको बताएका छ।

चीन वाट शुरू भएको नोवेल कोरोना भाइरस अहिले सबै भन्दा बढी इटालीमा मा संक्रमित देखिएका छन् भने मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ पुगिसकेको छ। त्यस्तै स्पेन २ हजार ६९ जनाको मृत्यु भएको छ। अमेरिकामा झण्डै ४ सय को संख्यामा मृत्यु भएको छ भने अन्या देशहरूमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिएको छ। हाल सम्म नेपालमा नोवेल कोरोना भाइरस देखेको पुष्टि भएको छैन तर छिमेकी राष्ट्र भारत मा ३ सय ६० जनामा संक्रमित भेटिएको पुष्टि भएको छ भने हाल सम्म ९ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरस कोभिड-१९ बालबालिका, युवायुवती र बुढाबुढी सम्पूर्ण मा देखिने भएकोले सम्पूर्णलाई सजक र सुरक्षित रहन आग्रह समेत गरेकी छ।

नोवेल कोरोना भाइरस बाटकुन देशमा कति कति संक्रमित रहेका छन् र कतिको मृत्यु भयो यहां हेर्न सक्नु हुनेछ:

COVID19नोवेल कोरोना भाइरसCOVID19

कोरोना भाइरस कोभिड-१९ का मुख्य लक्षण:coronavirus

  • १००.४ डिग्री फेरनहाइट भन्दा ज्वरो आउनु,
  • शुखा खोकी लाग्नु,
  • श्वास फुल्ने,
  • छाती दुख्ने,

कोरोना भाइरस कोभिड-१९ बाट कसरी बच्ने:

  • नियमित रुपमा सावुन पानीले राम्रो संग हात,
  • विषादी युक्त खाने कुरा नखाने,COVID19
  • भिडभाडमा नजानेखाने,
  • माछामासु, अण्डा तरकारीहरू राम्रो संग पकाएर खाने,
  • शक्ति दिने ( फलफूल, गेडागुडी, हरियो सागपात र झोलिलो) खाने कुरा खाने,
  • सके सम्म होटल, रेस्टुरेन्ट तिर को खाने कुरा नखाने,
  • पशुपक्षी बाट टाढा रहने,
  • रुघाखोकी र ज्वरो आउँदा सके सम्म यात्रा नगर्ने,
  • फ्लु जस्तो लक्षण देखिएमा चिकित्सक संग प्रामार्स लिने।

लौ पढ्नुहोस् WHO ले सार्वजनिक गरेका सुझावहरू:

  • चिसो मौसम र हिउँले कोरोना भाइरस मार्दैन बरु भाइरसबाट जोगिन पटक पटक हात धुनु पर्छ,
  • तातो पानीले कोरोनाबाट नजोगाउने भएकाले पटक पटक हात धुनु नै उपयुक्त उपाय हो,
  • नयाँ कोरोना भाइरस चीनमा उत्पादित सामाग्री बाट सर्दैन,
  • कोरोना भाइरस लामखुट्टे को टोकाइ बाट सर्छ भन्ने हल्ला मात्रै हो, स्वासप्रस्वास जन्य भाइरस बाट सरेकोले मास्क लगाउनु पर्छ।
  • ह्याण्ड ड्रायर ले कोरोना भाइरस नमर्ने भएकोले ह्याण्ड सेनियाइजरको प्रयोग गर्न उतम उपाय हो,
  • अल्ट्रा भायोलेट डिसेन्फेक्सन ल्याम्प्ले कोरोना भाइरस मर्नुको सट्टा छालामा समस्या ल्याउने हुदा प्रयोग नगरौ,
  • थर्मल डिटेक्टरले सामान्य बिरामी पता लगाउने भएपनि कोरोना भाइरस संक्रमनित पतालागौं सकिदैन,
  • शरीर भरि अल्कोहल र कोलोरिन चर्किदा कोरोना मार्न सकिदै,
  • घरेलु जनावर बात कोरोना भाइरस सरेको पुष्टि नभए पनि जनावर संगको सम्पर्क पछिको उचित हुन्छ,
  • कोरोना भाइरस नया भएकोले भ्यक्सिन बन्ने क्रममा छ त्यसैले निमुनिया बिरुदको ब्यक्सिन्ले कोरोना बात जगाउने हल्ला गलत हो,
  • नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमित हुन् नसक्ने र स्वश्प्रसास प्रक्रियाको संक्रमण रोकिन्छ,
  • लसुनको सेवनले कोरोना रोकथाम हुने कुनै पनि पुष्टि भएको छैन। जीवाणु मार्ने गुण भएकाले सेवन गर्दा खासै फरक पर्दैन,
  • कोरोन भाइरसले व्रुदव्रुदालाई असर गरेको देखिएको छ तर सबै उमेर समुहकाले भाइरस बाट जोगिन सक्ने उपाय अपनाउनु पर्छ,
  • एन्तिबायोटिक्ले ब्याक्टेरिया नियन्त्रण गर्ने भएकाले कोरोना संक्रमितमा एन्टिबायोटिक प्रयोग गर्नु हुदैन,
  • कोरोना रोकथाम र उपचारको विशेष औषधि भएकाले कुनै पनि औषधि पता लागेको समाचार गलत हो।

एङ्जाईटी यूकेले चिन्ता हटाउन यस्ता सुझाव दिएको छ:

  • स्वीकार: मस्तिष्कमा अनिश्चितिता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्वीकार्नुहोस्
  •  विश्राम: तपाईँले सधै गर्ने जस्तो व्यवहार नगर्नुहोस्। कुनै प्रतिक्रिया नजनाउनुहोस्। विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस्
  • नबहकिनुहोस्: सोचाइहरू वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस्
  • परित्याग: सोचाइ र अनुभूति जसरी आउँछन् त्यसरी नै जान्छन्। तपाईँले केही गर्नै पर्दैँन। ती आफैँ आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन्
  • वर्तमान: अहिलेको क्षणमा रमाउनुहोस्। यो क्षणमा सबै राम्रै भइरहेको छ। आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस्। आफ्नो धरातलतिर ध्यान दिनुहोस्। वरिपरिको वास्तविकता हेर्नुहोस्, सुन्नुहोस्, सुँघ्नुहोस् र तिनलाई बुझ्नुहोस्। यो क्षणमा। त्यसपछि आफ्नो ध्यान अर्कोतिर मोड्नुहोस् र आफूले के गर्नु पर्छ र के गर्दै हुनुहुन्थ्यो भनेर विचार गर्नुहोस्। वर्तमानलाई आत्मसात गरेर चिन्ता हटाउनुहोस्। ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस्।

Leave a Comment