कोरोना भाइरस (कोभिड-१९)ले नेपालमा हाल सम्म ५ जना संक्रमित भेटिएका छन।

कोरोना भाइरस (कोभिड-१९)

विश्व कोरोना भाइरस (कोभिड-१९)ले तरंगित भइरहेको छ। विश्वले दिनप्रतिदिन आफ्ना केही हजार प्रियजनहरु गुमाइरहेको छ। यी प्रियजनहरू कोरोना भाइरस सँग युद्ध लड्दालड्दै जित्न नसकेर असरल्ल पोखिएका छन्। विश्वलाई रुवाउँदै प्रियजनहरु अस्थाएका छन्।

चीनको वूहान सहर वाट फैलिएको कोरोना भाइरस अहिले सम्म विश्वका २०२ देशमा फैलिएको सकेको छ। भनिन्छ नी  “आगोको झिल्का सानै हुन्छ तर सल्कियो भने निभाउन हमेहमे हुन्छ।” हो अहिले कोरोना भाइरस ले आगोको झिल्का जस्तै रूप लिएको छ। नियन्त्रण गर्न निकै गाह्रो भएको छ।

कोरोना भाइरस (कोभिड-१९):

चीन वाट शुरू भएको नोवेल कोरोना भाइरस (कोभिड-१९) चीनमा केही हत सम्म कम भएको देखिन्छ तर चिनियाँ सञ्चार माध्यमले भने पूर्ण रुपमा कोरोना भाइरस (कोभिड-१९) निर्मूल हुन् अझै केही समय लाग्ने बताएका छन्।

यो समाचार तयार पार्दा सम्म विश्वमा मृत्यु हुनेको संख्या ३१ हजार ७ सय ३७ जना पुगेका छन्  भने सङ्क्रमित हुनेको संख्या ६ लाख  ७७ हजार ८ सय पुगेका छ। सबै भन्दा बढी मृत्यु हुनेको सङ्ख्या इटालीमा मा छ जसमा १० हजार २३ जना रहेका छन् भने सङ्क्रमित ९२ हजार ७ सय ७२ जना रहेका छन्।

इटालीको भयावह महामारी प्रत्यक्ष देखेर आएका सशस्त्रका पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठ भन्नुहुन्छ, ‘युद्ध मैदान भन्दा डरलाग्दो छ इटालीको अवस्था’ सशस्त्र प्रहरी बलबाट अवकाश भएपछि मैले आफ्नै रहरले कानुनमा स्नातकोत्तर (एलएलएम) गरें र केही पहिले मास्टर्स तहको अन्तर्राष्ट्रिय कोर्षका लागि अप्लाई गरें ।

पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठ ले भन्नु भयो आफ्नो अध्यनको सिलसिलामा अन्तर्राष्ट्रिय कानुनको सम्पदा संरक्षणसम्बन्धी कानुन (हेरिटेज ल) पढ्न करिब डेढ महिना अघि म इटालीको तुरिन विश्वविद्यालय गएँ । म पुग्दा तुरिन सिटीमा खासै संक्रमण फैलिएको थिएन । बरु रोम र भेनिसतिर व्यापक भइसकेको थियो ।

Corona Virus in Nepal

 

पूर्व महानिरीक्षक शैलेन्द्र श्रेष्ठ भन्नु हुन्छ:

महानिरीक्षक श्रेष्ठ ले भन्नु भयो म त्यहा जानुअघि नै चीनको खबर थाहा पाएकाले सुरक्षाका लागि पञ्जा र मास्कहरू बोकेको थिएँ । सहपाठी र चिनेजानेका सबैले हात मिलाउने अभिवादनको सामान्य प्रक्रिया थियो । मचाहिँ सबैलाई नमस्कार गर्थें । मेरो त्यो व्यवहारप्रति धेरै साथीहरूले टिकाटिप्पणी गरे । कतिले ‘डरपोक’ भने, कतिले केही हुँदैन भन्दै हात अघि सारे। सबैलाई नमस्कार गर्दा म हाँसोको पात्र बनें । महानिरीक्षक श्रेष्ठ ले भन्नु भयो अहिले इटालीमा कोरोना भाइरस डढेलो को रुपमै फैलिएको छ।

प्रत्यक्ष दर्सी महानिरीक्षक श्रेष्ठ का अनुसार फेब्रुअरीको अन्तिम सातातिर एक जनाको निधन भयो । त्यसलगत्तै संक्रमितको संख्या ह्वात्तै बढ्यो । सरकारले सावधानी अपनाउन सार्वजनिक अपिल जारी गर्‍यो । त्यहाँका मानिसहरू अनुशासनमा बसेनन् सरकाको निर्देशन पालना गर्न अनि भाइरसले निकै संकट निम्त्याएको हो। नेपालको भन्दा १० औं गुणा गुणस्तर र सेवा प्रवाह क्षमता भएको इटालीमा स्वास्थ्य प्रणालीले मात्रै नसकेर सेना परिचालन गर्नुपरेको छ । त्यहाँ कसैले शव उठाएको छैन, सेना नै खटिनुपरेको छ ।

इटाली:

म सँगै पढ्ने एउटा सहपाठी त्यहाँको सेनाको उच्च अधिकारी पनि हो । ऊसँग कहिलेकाहीँ कुराकानी हुँदा अवस्था अझै जटिल रहेको बताउँछ। त्यसैले यो कुरा हामीले राम्रो संग मनन् गर्नुपर्छ र समय मै ध्यान पुर्याउनु सम्पूर्ण नागरिकको कर्तब्य हुनेछ। समयमै हामीले ध्यान पुराएनौं भने भोलि नेपालले ठूलो संकटको भागेदार हुनु पर्ने समय आउनेछ। महानिरीक्षक श्रेष्ठ भन्नु हुन्छ, इटालीको अनुभवले के देखायो भने मानिस आफैं अस्पताल जाने होइन रहेछ।

सबैका लागि एउटा टोल फ्री नम्बर बनाइदिने अनि त्यसमै बिरामी र लक्षण देखिएका मानिसहरूले खबर गर्नुपर्ने रहेछ । बरु सबैलाई पायक पर्ने ठाउँमा स्क्रिनिङ सेन्टर बनाउने, त्यहाँ एम्बुलेन्स पनि राखेर लैजाने । विकसित मुलुकको तुलनामा हामीसँग स्रोतसाधन केही पनि छैन । यहाँ बस्नेहरुले इटालीको समाचार सुनेका मात्रै छन्, त्यसले खासै प्रभाव र असर पर्दैन । यही कारण असंख्य मानिसले रोग सामना गर्नका साथै समाजले अभूतपूर्व रुपमा संकटको सामना गर्नुपर्‍यो । यो महामारी हाम्रो जीवनकालको पहिलो भए पनि मानव सभ्यताका लागि पहिलो होइन, न त अन्तिम नै हो । आशा छ, आगामी दिनहरुमा मानव सभ्यतालाई महामारीविरुद्ध पूर्ण तयार रहन यसले राम्रो पाठ सिकाउने छ ।

कोरोना भाइरस (कोभिड-१९) ले कहाँ कति सङ्क्रमित छन् :

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सम्म २ सय २ देशका ६ लाख ७७ हजार ७ सय ३  मानिस संक्रमित छन् । जसमा ३१ हजार ७ सय ३७ मानिसको मृत्यु भएको छ। प्रतिशतमा हेर्दा प्रारम्भिक अवस्थामा भन्दा अहिले मृत्युदर बढेको हो । तर अहिलेसम्म १ लाख ४६ हजार ३ सय १९ को उपचार भइसकेको छ । संक्रमितमध्ये गम्भीर अवस्थाका बिरामी २४ हजार ३ सय ७७ छन् भने मध्यम अवस्थामा ४ लाख ७४ हजार २ सय ७० छन् ।पछिको ४८ घण्टा यता अमेरिकामा संक्रमित हुनेको संख्याले १ लाख २३ हजार क्रस गरेको छ भने मृत्यु हुनेको संख्या झण्डै २३ सय पुगेको छ।

देशमा मृत्यु हुने र सङ्क्रमित हुनेको तथ्याङ्क तल फोटोमा हेर्न सक्नु हुनेछ:

corona vorus कोरोना भाइरसकोरोना भाइरसcorona virusकोरोना भाइरसकोरोना भाइरस

विज्ञान र प्रविधि:

विज्ञान र प्रविधिको तीव्र विकास नभएको होइन तर यस्ता महामारी फैलिएको बेला तुरुन्तै समस्याको समाधान हुन सकेको छैन। मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधि गरेका जिवाणु वैज्ञानिक सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् ।

सुदीप खड्का भन्नु हुन्छ : सैद्धान्तिक र सम्भाव्यताको रुपमा हेर्नु पर्दा अहिलेको परिस्थिति हामीले अनुमान गरेकै कुरा हो । विश्वभरका भाइरससम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकले कुनै न कुनै रुपमा कुनै एउटा भाइरसले यस्तो महामारी फैलाउने अपेक्षा गरेकै हुन्छ । तर, अहिले जसरी यो संक्रमण फैलियो, यो एक किसिमले भन्नुपर्दा हामी सबैलाई अचम्मित पार्ने तरिकाले आइपर्‍यो ।

महामारीको सिद्धान्तअनुसार अहिलेसम्म अपेक्षित केही भएको छैन, रोग फैलिने गति, रोगको प्रकार, यसको असर सबै अपेक्षित नै हो । तर, समस्या के देखियो भने वैज्ञानिकहरुलाई थाहा भएको सबै कुरा आम जनमानस र सरकारी निकायलाई राम्ररी प्रवाह नभएको पाइयो । वैज्ञानिकहरुसँग प्रशस्त उपयोगी जानकारी हुँदाहुँदै पनि त्यसको सही सदुपयोग हुनमा केही ढिला भयो ।

नयाँ भाइरसविरुद्धको औषधि पत्ता लगाउने बारे यस्तो भन्नु भएको छ सुदीप खड्काले “जब हामी इबोलाविरुद्धको औषधि बनाउने काम गर्दै थियौं, त्यतिबेला हामीसँग वर्षौंदेखिका वैज्ञानिकहरुको अनुसन्धानको भण्डार थियो । गाह्रो काम हुँदाहुँदै पनि हामीसँग हाम्रा अग्रजहरुले गरेको अनुसन्धानको आधार थियो । जिका भाइरसको सन्दर्भमा भने यो नयाँ भाइरस हुँदाहुँदै मसँग डेंगु भाइरससँग काम गर्दा विकास गरेको प्रविधि थियो ।

जो, उस्तै भाइरस हुनुका नाताले जिकामा पनि प्रयोग गर्न सफल भइयो ।तर, अहिलेको परिस्थिति केही फरक छ । हामीसँग उस्तै भाइरससँग गर्ने तुलनाबाहेक यही भाइरससँग सम्बन्धित वास्तविक अनुसन्धान सामग्रीको अत्यन्त कमी छ । उस्तै भाइरसको परिवेशमा पनि तुलनात्मक रुपमा अनुसन्धान केही पछाडि नै छ । तसर्थ यो ज्ञानको खाडल पूर्ति गर्न पनि केही समय लाग्न सक्छ ।”

नेपालमा:

नेपालमा भने अहिलेसम्म ५ जना मात्रै संक्रमित भेटिएका छन् । तीमध्ये एकजनाको उपचार भइसकेको छ । हाल सम्म नेपालमा ८७५ जनाको परीक्षण गरिएको छ, जसमा नेगेटिभ ८७० छन् भने  पोजिटिभ ५ जनमा

देखिएको छ, यसमा पनि एक जना लाई पूर्ण रुपमा निको भइसकेको छ। यद्यपि शंकास्पद सयौंको परीक्षण हुन सकिरहेको छैन । यसवाहेक उत्तर कोरिया, क्युबा लगायत कोरोना महामारी नफैलिएका विश्वभर ८ वटा मात्रै देश छन् । बलियो र अत्याधुनिक संरचना भएका देश समेत महामारीबाट मुक्त हुन रातदिन प्रयासरत छन् ।

नेपालमा हाल सम्म ५ जना संक्रमित भेटिएका छन् । जसमा एक जना लाई पूर्ण रुपमा निको भएको छ भने ४ जनालाई उपचार भइरहेको छ।

नेपालमा नोवेल कोरोना भाइरस देखिएका संक्रमित व्यक्तिहरू बारे जान्नुहोस्:

पहिलो संक्रमित व्यक्ति :

२०७६ पुसको अन्तिममा चीनको बुहानबाट आएका एक ३२ वर्षका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको थियो। उनी ज्वरो आउपछि टेकु अस्पताल पुगेका थिए । उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माघ ४ गतेको हङकङ पठाएको माघ ९ गते हङकङबाट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । ती पुरुष उपचारपछि निको भइसकेका छन् ।

दोस्रो सङ्क्रमित व्यक्ति :

२०७६ चैत ४ गते फ्रान्सबाट नेपाल आएकी काठमाडौं कै १९ वर्षीया नेपाली युवतीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो । उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । उनी चैत्र ७ गते शुक्रबार कोरोनाको आशंकामा टेकु अस्पताल चेकजाँचका लागि पुगेकी थिइन् । उनको नमुना संकलन गरेर अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । उनको रिपोर्ट आइतबार बेलुका पोजेटिभ आएको थियो । तर गत (सोमबार )  १० गते मात्र मन्त्रालयले पोजेटिभ रिर्पोट आएको सार्वजनिक गरेको थियो । उनीहाल टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

तेस्रो सङ्क्रमित व्यक्ति:

२०७६ चैत ६ गते एयर अरेबियाको उडानबाट युएईको सारजाह बाट आएका धादिङका ३२ वर्षीय पुरुष थिए । तर उनी काठमाडौ कै एक होटलमा बसेका थिए । कोरोना भाइरसका लक्षण देखिएपछि गत चैत १० गते सोमबार टेकु सरुवा रोग अस्पताल पुगेका थिए । उनलाई अस्पतालले कोरोनाको आशंमा आइसोलेसनमा भर्ना गरेको थियो । अस्पतालले मंगलबार नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । सोही दिन बेलुकाको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । तर ती पुरुषमा कोरोना संक्रमण देखिएको सूचना भने मन्त्रालयले (बुधबार) १२ गते मात्र सार्वजनिक गरेको थियो । अहिले उनी टेकु अस्पतालकै आइसोलेसनमा उपचाररत छन् ।

चौथो सङ्क्रमित व्यक्ति :

२०७६ चैत ७ दुबईबाट भारतको दिल्ली हुँदै नेपाल आएका धनगढीका ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो जुन नेपालको चौथो संक्रमित हुन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको कोरोना भएको रिपोर्ट मन्त्रालयले (शुक्रबार) १४ गते सार्वजनिक गरेको थियो । हाल उनको पनि स्वास्थय सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

पाँचौं सङ्क्रमित व्यक्ति:

२०७६ चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी बागलुङकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएको थियो । उनलाई कोरोना भएको मन्त्रालयले हिजो (शनिबार, १५ गते) सार्वजनिक गरेको थियो । हाल ती युवतीको धौवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

कोरोना भाइरस कोभिड-१९ का मुख्य लक्षण:Covid-19

  • १००.४ डिग्री फेरनहाइट भन्दा ज्वरो आउनु,
  • शुखा खोकी लाग्नु,
  • श्वास फुल्ने,
  • छाती दुख्ने,

कोरोना भाइरस कोभिड-१९ बाट कसरी बच्ने:

  • नियमित रुपमा सावुन पानीले राम्रो संग हात,
  • विषादी युक्त खाने कुरा नखाने,
  • भिडभाडमा नजाने,
  • माछामासु, अण्डा तरकारीहरू राम्रो संग पकाएर खाने,
  • शक्ति दिने ( फलफूल, गेडागुडी, हरियो सागपात र झोलिलो) खाने कुरा खाने,corona virus
  • सके सम्म होटल, रेस्टुरेन्ट तिर को खाने कुरा नखाने,
  • पशुपक्षी बाट टाढा रहने,
  • रुघाखोकी र ज्वरो आउँदा सके सम्म यात्रा नगर्ने,
  • फ्लु जस्तो लक्षण देखिएमा चिकित्सक संग प्रामार्स लिने।

Leave a Comment