बिन्ती आमा (कविता)

mother
बिन्ती आमा
लाग्छ तिम्रो छाती
अचानो हो
युद्धभुमी हो
या ऐलानी खेत हो
जहाँ,
केक काटिन्छ तिम्रैछाति माथि
परेड चलिरहन्छ हजारबार
र गर्दैछन लुछाचुडी एक एक टुक्राको लागि
यस्तो लाग्छ,
तिम्रा सन्तानहरु
आँखा भएका अन्धा हुन
कान भएका बहिरा हुन
वा बोली नफुटेका लाटा हुन
जो,
तिमिलाई कुल्चिदा देख्दैनन
तिमिलाई सराप्दा सुन्दैनन
अस्मिता लुटिदा बोल्दैनन ।
बिर्सिसक्यौ ??
भाला र खुकुरिको भरमा
तोप र गोला बारुद सँग लडेको
कि याद छैन ??
हारको नमिठो स्वाद चखाएको
अपराजित ब्रीटिसहरुलाई
तिम्रै सन्तानहरुले
पिडामा पनि मौन छौ
याद गर
दुष्टहरु तिम्रा एकएक अँगहरु किन्न तयार छन,
मातृत्वको रक्षा गर्न नसक्ने
तिम्रै कुपुत्र बेचिदिन तयार छन
अफसोच लाग्दैन ??
यी लाचार सन्ततिदेखी
के छाडी सक्यौ
जन्माउन
भिमसेन, बलभद्र र अमर्सिँह
जो आमा बचाउन आफू सकिए
तोपमै खरानी भए
तिम्रो इज्जत बचाउन
बहादुरि देखाए
तिम्रो सिर उठाउन ।
बिन्ती आमा,
एकपटक फेरि
एउटा भिमसेन, बलभद्र जस्तै
पुत्र जन्माईदेउ
जस्ले,
गुमेको शरीरको लम्बाई
घटेको छातिको चौडाई
खोसेर
निहुरिएको सिर
उचो पारोस
या त जँगबहादुर जन्माईदेउ
जस्ले हजार कुपुत्र को हत्या गरोस
र भनोस
तिमिलाई सुन्दर बनाउन
हजार काएर होइन ,
एउटा बिर भए पुग्छ ।
तुल्सी कठायत

Leave a Comment