जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि बैंकले थप शुल्क नलिने भएका छन् ।

ATM

अबदेखी जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले कुनै पनि बैंकले थप शुल्क नलिने भएका छन् । केहि महिना पहिले नेपाल राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो ब्यबस्थामा लागु गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर, अब सधैँका लागि थप शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले निर्देशन दिएपछी हामीले पालना गरेयौ:

एक बैंकको एटीएमबाट अर्को बैंकको रकम झिक्नु पर्दा बैंकहरुले २५ रुपैयाँदेखि ५० रुपैयाँसम्म लिने गरेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन् । कोरोनाका कारण सरकारले घोषणा गरेको लकडाउन सँगै बैंकहरुले मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, वालेट, एटीएमजस्ता माध्यमबाट हुने भुक्तानी बैंकहरु आफैंले निर्णय गरेर निःशुल्क बनाएका थिए ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भनेका छन् , नेपाल राष्ट्र बैंकले दिएको निर्देशन हामीले कार्यन्वयन गरेको बताएका छन् । मौदिक निति पछी सर्कुलर आइसकेपछि सर्वसाधारणलाइ नि:शुल्क सेवा दिन थालिसकेको दाहाले बताएका छन् ।

लकडाउनको अवधिमा मात्रै संघले यो सुविधा दिन चाहेको भए पनि राष्ट्र बैंकले लामो समयसम्मका लागि दिने निर्णय गरेको उनले बताए । सर्वसाधारणलाई निःशुल्क दिए पनि आफूहरुले भने शुल्क तिर्नुपर्ने भन्दै उनले यो प्रोडक्टमा घाटा बेहोर्ने बताए ।

कोभिडको समयमा सुविधा:

नेपाल राष्ट्र बैंकले कोभिडको समयमा सर्वसाधारणलाई सुविधा दिन यस्तो व्यवस्था गरिएको बताएको छ । यो सधैंभरिका लागि नभई कोरोना भाइरस (कोभिड-१९) को असर रहञ्जेल सम्मका लागि मात्रै भएकाले केही समय बैंकहरुले यो सुविधा दिनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

यो भनेको कोभिडको समयका लागि हो, यस्तो समयमा ग्राहकहरुले सहज किसिमले सेवा पाउनुपर्छ भनेर नीति गत व्यवस्था गरिएको हो उनले भने, भोलि कोभिडको समस्या सकिएपछि उचित शुल्क लिन मिलिहाल्छ ।

नि:शुल्क एटीएमबाट निकासीको बारेमा:

एटीएम मार्फत निकासीको बारेमा बैंकहरुले कोभिड-१९ महामारीको प्रकोप विश्वभरि बढिरहेकोले यो सुबिधा ल्याएका छन् । सर्वसाधारण सबै आफ्नो सुरक्षा को बारे मा चिन्तित छन् । मानिसहरूलाई समस्या भहिरहेको समयमा केहि सहुलियत होस भनेर नेपाल राष्ट्र बैंकले यस्तो सुबिधा दिन सबै बैंकहरुलाई निर्देशन दिएको हो । केही सहयोग होस् भनेर बैंकहरुले नि: शुल्क एटीएम बाट पैसा निकाल्ने सुविधा दिएको छन् । सो कार्य देशभरका सम्पुर्ण बैंकहरुले भाद्रबाट सञ्चालनमा ल्याएका छन्। अब ग्राहकहरु नेपालमा एक बैंकको एटियमले अर्को बैंकको एटीएम बाट पैसा निकाल्दा थप/चार्ज पैसा लाग्ने छैन ।

 

1 Comment

Leave a Comment