महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइन संक्षिप्त परिचय

अल्बर्ट आइन्स्टाइन

संसारमा केही यस्ता व्यक्तिहरु जन्मन्छन् जसको असाधारण प्रतिभाले संसार नै परिवर्तन गर्न सकिन्छ । यस्तै २० औं शताब्दीका महान् व्यक्ति अल्बर्ट आइन्स्टाइन ! जसले विज्ञान जगतमा नयाँ आयाम ल्याए , मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन अल्बर्टले अहिले सम्म कुनै पनि वैज्ञानिकले ल्याएको देखिँदैन । आइन्स्टाइनले विज्ञानको क्षेत्रमा मात्रै नभएर राजनीतिक, इतिहास, कला र संकृती क्षेत्रमा पनि परिवर्तन लाए । अल्बर्ट आइन्स्टाइन भैतिकाशास्त्रिका साथै ठूला चिन्तक, आदर्शवादी, दार्शनिक र परोपकार पनि हुन ।

अल्बर्ट आइन्स्टाइन:

अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनिको उहिन भन्ने सहरमा मार्च १४ सन् १८७९ मा भएको थियो । यो जर्मनीको प्रसिद्ध शहर युनिक बाट ८५ माइल पश्चिममा पर्दछ । उनका पिताको नाम हर्मन आइन्स्टाइन र माताको नाम पहुलिन आइन्स्टाइन थियो । आइन्स्टाइनलाई उनका आमाबुबाले मियुनिक्को एउटा प्राथामिक विद्यालयमा भर्ना गरिदिएका थिए । विद्यालयमा अल्बर्ट आइन्स्टाइन र अरु विद्यार्थीहरूको आनीबानी फरक थियो । अल्बर्ट आइन्स्टाइन कम बोल्ने र एकान्त प्रेमी थिए ।

आइन्स्टाइन शिक्षक/शिक्षिकाले सोधेको प्रश्नहरूको हतारहतार गरेर उतर फर्काउने गर्दैन थिए । त्यसैले शिक्षकले आइन्स्टाइनलाई मन्द बुद्धिको भन्दै गिजाउने , गाली गर्ने र सजाय दिने गर्द थिए । अल्बर्टलाई शिक्षकले दण्ड सजाय दिने बेला स्कुलको चिसो कोठामा घण्टौं राख्ने गर्दा थिए । अल्बर्ट आइन्स्टाइनलाई कक्षा कोठामा पढाइ हुने घोकन्ते शिक्षा पटकै मन पराउँदैन थिए । विद्यालयमा बालबालिकाको इच्छा अनुसार सोच्ने र इच्छा अनुसार पढने व्यवस्था थिएन ।

यो व्यवस्था अल्बर्ट आइन्स्टाइन लाई पटकै मन परेको थिएन । घण्टौं घण्टा शिक्षकले पढाएको कुरा कण्ठ पार्ने र शिक्षक/शिक्षिकाले जे भन्यो त्यही मान्नु पर्दा थियो । शिक्षकले भनेको सबै कुरा ठीक हो भन्ने कुरा आइन्स्टाइनलाई चित बुझ्दैन थियो । स्कुलको सूगा रटानको पढाइलाई अल्बर्ट आइन्स्टाइनको ज्ञानको भोक मेटिदैन थियो । त्यसैले स्कुलको पढाइमा आइन्स्टाइनको धेरै ध्यान जाँदैन थियो । तर, परीक्षामा भने राम्रो नम्बर ल्याएर पास हुन्थिए ।

परीक्षामा राम्रो अंक ल्याएको देख्दा आइन्स्टाइनलाई हेप्ने शिक्षक र उनका साथीहरू अचम्म पर्थिए । आफै खुशी र खोजमूलक तरिकाले पढने बानीले अल्बर्ट आइन्स्टाइन समय बित्दै जाँदा राम्रो विद्यार्थीको रुपमा चिन्न थाले । अल्बर्ट आइन्स्टाइन सबै भन्दा बढी गणित विषय मन पर्थियो । गणितमा पनि ज्यामिति धेरै मन पराउन थिए । अल्बर्ट आइन्स्टाइनले १२ वर्षको उमेर मै ज्यामिति राम्रो संग पढिसकेका थिए । त्यस्तै १५ वर्ष पुग्दा अल्बर्ट आइन्स्टाइनले गणितमा प्रथम र ल्याटिन भाषामा द्रोसो स्थान हासिल गरेका थिए ।

अल्बर्ट आइन्स्टाइन १६ वर्षको उमेर मै ईन्ट्रीगल क्यालकुलसको गणित सिकिसकेको थिए ।आइन्स्टाइनलाई संगीत धेरै मन पर्थ्यो । ६ वर्षको उमेर हुँदा उनले संगीतकार ज्ञाता आफ्नी आमा पाउलिन सँग गितार बजाउन सिकिसकेका थिए । अल्बर्ट आइन्स्टाइन विभिन्न नयाँ-नयाँ कुराहरु सोच्न मन पराउँथिए । उनका साथीहरुले खेलकुदमा बिताउने समय आइन्स्टाइन पढेर वा केही नयाँ कुरा सोचेर बिताउने गर्द थिए । आइन्स्टाइन विभिन्न विषयमा सोची रहन्थे ।

बुबा हर्मन र अंकल जेकोबको विद्युतीय:

आइन्स्टाइन बुबा हर्मन र अंकल जेकोबको विद्युतीय पसल थियो । पसलमा भएका विद्युतीय सामान र ती सामानले काममा गरेको देख्दा अल्बर्ट आइन्स्टाइन अचम्म मान्ने गर्थिए । अल्बर्ट आइन्स्टाइन एकचोटी बिरामी भए । बिरामी भएको बेला समय बिताउन अर्थात् खेलाउनको लागि उनका बुबाले दिशा देखाउने कम्पास दिए । कपासको टुपोले सधैं उत्तर दिशातिर मात्र देखाउँछ भने बताए त्यसवेला जिज्ञासु आइन्स्टाइन छक्कै परे ।

अल्बर्ट आइन्स्टाइनका बुबाले चुम्बकको शक्तिले क्याम्पसको सियोलाई उत्तरतिर तान्ने बताए । यही घटनाले अल्बर्ट आइन्स्टाइनलाई विज्ञानको भोक जगायो । अल्बर्ट आइन्स्टाइनका अंकल जेकोब असल र विज्ञानका कुरामा दखल भएका व्यक्ति थिए । वास्तवमा सानोमा आइन्स्टाइनका बुबाले दिएको कम्पासले उतर देखाउने कुरा अल्बर्ट आइन्स्टाइनका लागि एउटा पहेली जस्तै थियो । त्यसैले आइन्स्टाइनको ध्यान विज्ञानले तान्यो । अल्बर्ट आइन्स्टाइनमा जागेको त्यो आकर्षण जीवनभर रहिरह्यो ।

त्यसैले अल्बर्ट आइन्स्टाइनलाई विश्व ब्रह्माण्डका रहस्यहरु खोल्ने र ब्रह्माण्डका गोप्य नियमहरू थाहा पाउन उत्प्रेरित गर्यो । अल्बर्ट आइन्स्टाइन ब्रह्माण्डको रश्य खोतल्न र थाहा पाउन चाहन्थे । आइन्स्टाइनले देखावटी रुपमा हल्का ढंगले कहिले किताब पढ्दैन । शब्दहरूको उच्चारण मात्रै होइन, शब्दहरुमा डुबेर पढने गर्दथे । आइन्स्टाइनले विज्ञानको क्षेत्रमा क्रान्ति नै स्थापित भएको सापेक्षतावादको सिद्धान्त पत्ता लगाउन सफल भए ।

अल्बर्ट आइन्स्टाइन त के पनि ठोकुवा गरेका छन् । यो ब्रह्माण्डमा प्रकाश भन्दा चाँडो कुनै पनि वस्तु दौडन सक्दैन । भन्ने गरिन्छ अल्बर्ट आइन्स्टाइनको सापेक्षता बादको सिद्धान्त प्रतिपादन हुँदा। अल्बर्ट आइन्स्टाइन लाई बुझने मानिस विश्व भरी करिब एक दर्जन मात्रै रहेका थिए । सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखापर्ने असर हो ।

मियुनिक छोड्नु परो :

सन् १८९४ मा उनका बुबा हर्मन र अंकल जेकोव ले सुरु गरेको बिजुलीको पसलमा अचानक टाट पर्दा अल्बर्ट आइन्स्टाइनको परिवार मियुकिक छोडेर इटालीको मिलानमा बसाई सर्न बाध्य भए । तर, आइन्स्टाइनको पढाइ अधुरो भएकोले मियुनीक नै बसे तर अल्बर्ट आइन्स्टाइनललाई मियुनीक नै बसेर पढन मन लागिरहेको थिएन । किनकि त्यहाँ शिक्षकले पढाउने तरिका आइन्स्टाइन पटक्कै मन परेको थिएन । त्यसैले आइन्स्टाइन एक वर्षपछि सन् १८९५ मा मिलान गए ।

अल्बर्ट आइन्स्टाइनले पढाई बीचमै छोडेर मिलान आएको मा उनका आमाबुबा दुखी भए । अल्बर्ट आइन्स्टाइनले आफुले स्विजरल्याण्डको को संघीय प्रविधि संस्थान ज्युरिक मा पर्ने पढने बच्चा गरेर आमाबुबालाई मनाए । बाचा गरे अनुसार ६ महिना पछि संस्थानको प्रवेश परीक्षाको जाँच पनि दिए । तर, भाषा र जीव विज्ञानमा उनी कमजोर भए । विज्ञानमा कमजोर भएकोले त्यहाँ प्रविधि संस्थामा प्रवेश पाएनन् । गणितमा भने उनी अब्बल थिए ।

उनको गणितको ज्ञानले त्यहाँका निर्देशकलाई प्रभावित पार्यो । तिनै निर्देशकले जर्मनी भाषामा पढाइ हुने स्विजरल्याण्डको आरोह शहरको एउटा विद्यालयमा उनलाई भर्ना गराई दिए । अल्बर्ट आइन्स्टाइनले सन् १८९६ मा आराहो स्कुलको पढाइ सके, त्यसबेला आइन्स्टाइन १७ वर्षका थिए । अब उनीले पढन चाहेको संघीय प्रविधि संस्थान मा भर्ना भएर आफ्नो प्रिय गणित तथा भौतिकशास्त्रको अध्ययन गर्न थाले ।आइन्स्टाइनको तीब्र बुद्धि र नम्र स्वभावबाट प्रभावित भएका प्रोफेसर हेनरिक वहेबरले उनलाई धेरै सहयोग गरे ।

अल्बर्ट आइन्स्टाइनले सन् १९०० मा स्नातकको परीक्षा पास गरे । अल्बर्ट आइन्स्टाइनले पुरानै ढर्रामा पुराना कुराहरु मात्रै पढाई हुने स्कुल र कलेजका कक्षाहरु बाटोभन्दा स्वदेशबाट धेरै कुराहरू सिकें । अल्बर्ट आइन्स्टाइनले स्कुलका कक्षा कोठामा भन्दा बढी समय पुस्तकालय र आफ्नै कोठामा चिन्तन मनन गरेर बिताए । कक्षामा पढेका कुराहरू साथिको नोट हेरको भरमा कलेज पास गरेका थिए । आइन्स्टाइनल भौतिशास्त्रका प्राध्यापक हुन चाहन्थे । तर, त्यस विषयमा प्राध्यापकको सिफारिसको अभावमा उनको इच्छा पूरा हुन सकेन ।

भौतिकशास्त्रको प्रोफेसर हुने इच्छा पूरा भयो :

अल्बर्ट आइन्स्टाइनले पेटेन कार्यालयमा पेटेन अफिसरका रुपमा काम पाएका थिए । त्यहाँ काम गर्दागर्दै । अल्बर्ट आइन्स्टाइनले सन् १९०५ मा PHD को शोतपत्र जुरीक विश्वविद्यालयमा बुझाए । आइन्स्टाइनको शोधपत्रको विषयक सापेक्षताबादको सिद्धान्त बारे थियो । त्यसमा निमगले शक्ति प्रख्यात सूत्रको E = mc Square व्याख्या गरेका थिए । त्यही शोतपत्र बाट PHD को उपाधि पनि प्राप्त गरे ।

आइन्स्टाइनले आफ्नो शोतपत्र अन्याल्यान्न एन फिजिक्स पत्रिकामा छापिएपछि संसारभरि नै तहल्का मचियो । त्यसपछि धेरै वैज्ञानिकहरुले उनको त्यो शोतपत्र पढे प्रशंसा पनि गरे । त्यसको एकवर्षपछि सन् १९०६ मा उनले क्वान्टम यान्त्रिक अर्थात् क्वान्टम मेसिनको विषयमा अर्को शोतपत्र तयार गरेर छपाए, त्यसले पनि वैज्ञानिक जगतमा तहल्का मच्चायो । अब अल्बर्ट आइन्स्टाइनको भौतिकशास्त्र को प्रोफेसर भन्ने सपना पनि पुरा भयो

सन् १९०९ मा जुयुरीक विश्वविद्यालयले उनलाई सहायकको प्रोफेसर जागिर दियो । दिनप्रतिदिन आफनो ख्याति कमाउदै गएका आइन्स्टाइन प्रवचन दिनको लागि विश्वका विभिन्न विश्वविद्यालयमा निम्तो आउन थाल्यो । अल्बर्ट आइन्स्टाइन ३० वर्षको हुँदा पेरिसमा प्रवचन दिन गए , त्यहाँ त्यसबेलाका चर्चित वैज्ञानिक मेडम क्युरी पनि आइन्स्टाइनको प्रवचन सुन्न आउनु भएको थियो । लजालु स्वभावका आइन्स्टाइनको ख्याति दिन दुईगुना रात चौगुना बढ्न थाल्यो विश्वविख्यात गरेका थिए । उनी जहाँ गए पनि मानिसहरुको ठुलो भीड लाग्ने गर्थ्यो भने पत्रकारहरु उनको फोटो खिच्न र अन्तर्वार्ता लिन भीड लाग्ने गर्दथ्य ।

विश्वकै महान् मानवलाई एक छिन हेर्न कै लागि भएपनि मानिसहरुको भीड लाग्ने गर्द थियो । सन् १९११ मा अल्बर्ट आइन्स्टाइन च्यकोस्लोभाकियाको प्रयाक विश्वविद्यालयमा पढाउन गए । यहाँ आइन्स्टाइनले सूर्य ग्रहण को बेला प्रकाश बांगिएको दृश्य देख्न सकिने सिद्धान्त प्रस्तुत गरे । सन् १९१२ मा उनी पुनः जुरिक फर्किए । सन् १९१४ मा आइन्स्टाइन बर्लिनको विज्ञान एकेडेमीमा प्रोफेसर बने, त्यहाँ आइन्स्टाइनले एकेडेमीका अध्यक्ष तथा प्रसिद्ध वैज्ञानिक म्याक्स प्यांक लगायत थुप्रै वैज्ञानिकहरूको सहयोगी वातावरण पाए ।

जुरीकमा पढदा नै आइन्स्टाइनले सहपाठी मिलेबा संग सन् १९०३ मा प्रेम विवाह गरेका थिए । एक वर्षपछि सन् १९०४ मा उनको पहिलो छोरा हेन्स अल्बर्ट र सन् १९१० मा दोस्रो छोरा एडवाड जन्मेका थिए । उनीहरूबाट एक छोरीको पनि जन्म भएको थियो तर सन् १९१४ मा बलिमा आएपछि उनको त्यो सम्बन्धी छुट्यो । मिलेबा छोराहरू लिएर जुरिक फर्किन् सन् १९१९ मा सम्बन्ध बिच्छेद नै भयो । त्यही वर्ष आइन्स्टाइनले एलिशा सँग दोस्रो विवाह गरे ।

विश्वप्रसिद्ध नोबेल पुरस्कार:

आइन्स्टाइनले सन् १९२१ मा भौतिकशास्त्रतर्फको विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरे । अल्बर्ट आइन्स्टाइनले त्यो पुरस्कार संसारलाई चकित पारे सापेक्षतावादको सिद्धान्तका लागि पाएका थिएन । बरु अल्बर्ट आइन्स्टाइनलाई त्यो पुरस्कार photoelectric प्रभाव सम्बन्धित नियमका लागि दिएको थियो । सरल र उदार आइन्स्टानले आफूले पाएको पुरस्कारको रकम सुइज रुपैयाँ १ लाख २१ हजार ५९२ कुनोर अर्थात् त्यसबेलाको करिब ३२ हजार अमेरिकी डलर आफूले छोडेर भइसकेकी जेठी श्रीमतीलाई पठाएका थिए ।

अल्बर्ट आइन्स्टाइन शान्तिप्रिय थिए । आइन्स्टाइन अन्या, अत्याचार र युद्धका विरोधी थिए । त्यसैले उनले सन् १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएपछि सन् १९१५ मा league of nation को माग गर्दै गरिएको युरोपको घोषणामा हस्ताक्षर गरे र लिग अफ युरोपका लागि अपिल गरेका थिए । न्याय प्रेमी र यहूदी भएकै कारण सन् १९३३ मा जर्मनीको शत्तामा आएको हिटलरको शत्ताले पनि आइस्ताइनलाई देखि सहेन ।

अल्बर्ट आइन्स्टाइनको टाउको काटेर ल्याउनेलाई २०००० हजार जर्मन मारको घोषणा गर्यो । त्यसपछि अमेरिकी नागरिक बनेका अल्बर्ट आइन्स्टाइनले सन् १९४५ को अगष्ट ६ र ९ मा जापानमाथि आणविक हमला गरेर । लाखौं निर्दोष को हत्या गर्ने अमेरिकाको कायारपूर्ण कार्यको पनि भ्रसना गरे । युद्धको भयानक नरसंहार बाट आहत आइन्स्टाइन द्रोसो विश्वयुद्धपछि निःशस्त्रीकरण र फेरि युद्ध दोहोरिन नदिन विश्व सरकारका पक्षमाः जुटेर लागे अरुमाथि दक्ष र अन्याय गरे अमेरिकी नीतिको आलोचना गर्दा ।

राजनीतिक विचारका हिसाबले आइन्स्टाइन:

उनलाई अमेरिकी सरकारले पनि कम्युनिष्टको नाममा दुःख दिएको थियो । जन्मले यहूदी आइन्स्टाइन सबै धर्मलाई उत्तिकै सम्मान गर्थे । आइन्स्टान विद्वान र विनम्र थिए । त्यसैले उनी सबैको कदर गर्थिय । राजनीतिक विचारका हिसाबले आइन्स्टाइन समाजवादी थिए । अल्बर्ट आइन्स्टाइन गान्धीको बिचार र जीवनशैलीबाट विशेष प्रभावित थिए । बच्चाहरु प्रति उनलाई विशेष स्नेह थियो । त्यसैले बच्चाहरूले सोधेको प्रश्नहरूको जवाफ सकेसम्म आफै दिने कोशिस गर्दथे ।

एकपटक एक जना बालिकाले आइन्स्टाइनलाई आफूलाई गणित पढ्न गाह्राे भएको भनेर लेखेर पठाइन । त्यसको जवाफमा आइन्स्टानले यस्तो लेखेर पठाएका थिए । गणित पढ्न गाह्राे भयो भनेर नआत्तीयु म तिमीलाई के विश्वास दिलाउन चाहन्छु भन्ने मेरो गणित तिम्रो भन्दा पनि कमजोर छ । सन् १९५५ मा एउटा पूर्वप्राथमिक स्कुलका बच्चाहरले अल्बर्ट आइन्स्टाइनलाई जन्मदिनको शुभकामना र एक जोड कप लिंक र एउटा टाइपिङ पठाए । त्यसको विनम्र जवाफ पनि आइन्स्टानले पठाएका थिए ।

उनले त्यो जवाफ आफ्नो मृत्यु हुनु भन्दा केही समय अगाडि मात्रै लेखेका थिए । अल्बर्ट आइन्स्टाइनले आफ्नो जीवनभरि वैज्ञानिक खोज अनुसन्धानमा लागिरहे । जीवनको अन्त्यतिर पनि उनी एकीकृत क्षेत्र सिद्धान्तको खोज अनुसन्धान गरिरहेका थिए तर दुर्भाग्यको कुरा त्यो खोज पुरा हुन् नपाउँदै १८ अप्रिल १९५५ का दिन अमेरिकाको प्रिन्स्टन मा आइन्स्टाइनको दुःखद निधन भयो । २० औं शताब्दीका महान् वैज्ञानिक शिखर पुरुष अल्बर्ट आइन्स्टाइनको भौतिक शरीर नरहे पनि इतिहासका पानामा सधैं अमर रहे ।

Leave a Comment