देशभर १७ औँ राष्ट्रिय धान दिवस मनाइएको छ।

rice day

मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १७ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ ।

धान दिवस:

नेपालमा प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउने गरिन्छ । आज अर्थात् असार १५ खेत रोपाइँ गरी दही चिउरा खाएर असार १५ मनाउने गरिन्छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

नेपालमा वि.सं २०६१ मंसिर २९ गते मन्त्री परिषदले निर्णय गरी वि. स. २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कोरोना महामारीका बाबजुद पनि २०७७ सालको धान दिवस मनाइएको छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी कृषि विभागले धान दिवस मनाइएको छ।

दही चिउरा खाने पर्व:

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिने गरिन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि असार १५ मा दही चिउरा खाई मनाउने गर्दछन् । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवाले गोरु जोत्ने र युवतीहरुले खेत रोप्दै खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत लिने प्रचलन रहेको पाइन्छ । बुढापाका हरुका अनुसार: कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि असार १५ मा दही चिउरा खाएर आराम लिने गर्दछन् । विज्ञानका अनुसार दहीले शक्ति प्रधान गर्ने कुरा त छदैछ । किसानका अनुसार: दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास भरपूर राख्दछन्।

हिमाली जिल्ला र तराईका जिल्लाहरुमा असारमा नै रोपाइँ शुरू हुन्छन् भने हिमाली जिल्लामा जेठ देखि नै रोपाइँ सुरु भएर असार मा सकिने गर्दछन् । उदाहरणको लागि : जुम्ला र कालिकोट लाई लिन सकिन्छ । हिमाली जिल्लामा  नहरको पानीले रोपाइँ गर्ने प्रचलन रहेको छ भने पहाडका केही क्षेत्र मा पनि नहरको पानीले रोपाइँ गर्छन् भने तराईमा आकाशे पानीको भरमा रोपाइँ गरिन्छन् ।

यस वर्ष सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५/३० प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरुले बताएका छन् ।

Leave a Comment