विदेशी विज्ञापन, विदेशी च्यानलहरु (क्लिन फिड योजना) | Foreign Advertisements

विदेशी च्यानलहरु

नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापन लाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ । एक पटक हैन पटक पटक सोचौ । नेपाल सरकारको यो हिम्मतीलो निणर्यमा हाम्रो साथ छ । समर्थन छ । जय नेपाली बिज्ञापन । जय नेपाली कलाकार । जय नेपाली प्राबिधिक ।#wecanlivewithnepalichannelonly

Words By: Hari Bansha Acharya

विदेशी विज्ञापन - Foreign Advertisements

 

प्रस्तावित विज्ञापन ऐन २०७६

प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् । आज र भोलि बिदेशी विज्ञापन बज्ने सबैजसो विदेशी च्यानलहरु बन्द गरिएको हो । सरकारले बिज्ञापन नियमन गर्ने विधेयकमा बिदेशी टेलिभिजन च्यानल क्लीन फीडको रुपमा प्राप्त हुनुपर्ने र बिज्ञापन बजाउन नपाइने प्रस्ताब गरे पछि ब्यबसायीहरु आन्दोलित भएका हुन् । ब्यबसायीहरुले यो ब्यबस्था लागू हुदा आउने परिस्थितिबारे आम उपभोक्ता र सरोकारवालालाई जानकारी दिन २४ घण्टा प्रशारण बन्द गर्नु परेको बताएका छन् । नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी छन् । भारतीय प्रशारक फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ । प्रस्तावित विज्ञापन ऐन, २०७६’लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने ब्यबसायीहरुले बताएका छन् । नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लीन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ ।

Read More Here about क्लिन फिड योजना (विदेशी विज्ञापन, विदेशी च्यानलहरु):

Nepali News Portal “Abhiyan” and “News24” wrote more about this issue. Explore all from here.

सरकारको क्लीन फिड नीति : विरोध स्वरूप विदेशी च्यानल बन्द

विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द

Leave a Comment