महानगरपालिका, उप-महानगरपालिका र नगरपालिका गठन गर्न को लागि आवस्यक ब्यबस्थाहरु?

नगरपालिका गठन गर्न को लागि आवस्यक ब्यबस्थाहरु

नेपालमा महानगरपालिका, उप-महानगरपालिका र नगरपालिका गठन सम्बन्धि के कस्ता आधार तथा ब्यबस्थाहरु गरिएको छ त? आउनुहोस् आज हामी नगरपालिका गठन गर्न को लागि आवस्यक ब्यबस्थाहरु कुराको जानकारी आदान प्रदान गरौँ।

नगरपालिका गठन गर्न को लागि आवस्यक ब्यबस्थाहरु के कस्ता छन् त:

नेपालमा हाल ६ वटा महानगरपालिका, ११ वटा उप-महानगरपालिका र २७६ वटा महानगरपालिका रहेका छ। स्थानीय सरकार संचालन ऎन २०७४ अनुसार नेपालमा रहेका महानगरपालिका, उप-महानगरपालिका र नगरपालिका हरु निम्नानुसार उलीख गरिएका छन्।

महानगरपालिका ६ वटा:-

  • काठमाडौँ महानगरपालिका
  • ललितपुर महानगरपालिका
  • भरतपुर महानगरपालिका
  • पोखरा-लेखनाथ महानगरपालिका
  • विराटनगर महानगरपालिका
  • बिरगंज महानगरपालिका

उप-महानगरपालिका ११ वटा:-

  • इटहरी उप-महानगरपालिका
  • धरान उप-महानगरपालिका
  • जनकपुर उप-महानगरपालिका
  • हेटौडा उप-महानगरपालिका
  • कलैया उप-महानगरपालिका
  • जितपुर उप-महानगरपालिका
  • बुटवल उप-महानगरपालिका
  • तुलसीपुर उप-महानगरपालिका
  • घोराही उप-महानगरपालिका
  • नेपालगंज उप-महानगरपालिका
  • धनगढी उप-महानगरपालिका

महा – नगरपालिका गठनका आधारहरु :-

  • कुल सडक लम्बाई को ७५ प्रतिशत सडकहरु पक्कि भएको,
  • स्नातकोतर सम्मको अध्ययन सस्थां भएको,
  • कम्तिमा ५ लाख स्थायी बासिन्दा भएको,
  • पछिल्लो ५ वर्ष को औसत वार्षिक आन्तरिक आयु कम्तिमा एक अर्व भएको,
  • टर्मिनल सहितको बसपार्क, पार्किङ्ग का लागि पर्याप्त सुबिधा, सब बे तथा सडक पेटी भएको,
  • विशेष सेवा सहित को अस्पलात हुनु पर्ने, जसमा १०० शैयाको कम्तिमा एक साधारण अस्पताल सहित भएको,
  • सपिङ्ग महलको ब्यबस्था भएको,
  • ब्यबस्थित तरकारी तथा फलफुल बिक्रि केन्द्र भएको,
  • अन्तराष्टिय स्तरको खेलकुद संचालन गर्न उपयुक्त रंगशाला भएको,
  • अन्तराष्टिय स्तरको विमानस्थल आगमन मा सहज पहुच भएको,
  • अन्तराष्टिय स्तरको सभा हल तथा अन्तराष्टिय स्तरको ब्यापारिक प्रदशनी स्थलको ब्यबस्था भएको,
  • संग्रहालय भएको,
  • प्राविधिक शिक्षालय भएको,
  • अन्तराष्टिय स्तरको होटल सुबिधा भएको,
  • आफ्ना क्षेत्र भित्र रहेका विशेष महत्वका सम्पदाको संरक्षण भएको,
  • पर्याप्त मनोरंजन स्थल भएको,
  • शहरी हरियाली तथा सौन्दर्य भएको,
  • तोकिए बमोजिमको अन्य शहरी सुबिधा भएको,
  • आदि।

उप-महानगरपालिका गठनका आधारहरु :-

  • कम्तिमा २ लाख स्थायी बासिन्दा भएको,
  • कम्तिमा १०० शैया को १ अस्पताल सहित कम्तिमा २०० शैयाको अस्पताल सुबिधा भएको,
  • पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय कम्तिमा रु २५ करोड भएको,
  • फोहोर मैला प्रशोधन तथा ब्यबस्थापन प्रणाली भएको,
  • सभा हल भएको,
  • राष्टिय स्तरको रंगशाला, व्यायामशाला तथा कभर्ड हल भएको,
  • खानेपानी, संचार लगायतका महत्वपूर्ण सेवाको उपलब्धता भएको,
  • नगर भित्रका प्रमुख  पक्कि भएको,
  • उच स्तरिय शिक्षा तथा प्राविधिक शिक्षाको सुबिधा भएको,
  • सार्बजनिक उधान र नगर सभा गृह को ब्यबस्था भएको,
  • सार्वजनिक प्रयोगका स्थल र भवनहरु आपंगतामैत्री तथा भौतिक रुपमा पहुच योग्य भएको,
  • पर्यटकीय स्तरको होटल, मोटल तथा रिसोर्ट भएको,
  • नगरपालिकालाई तोकिएको अन्य पूर्वाधार भएको,
  • तोकिए बोमोजिमको अन्य शहरी सुबिधा भएको,
  • आदि।

नगरपालिका गठनका आधारहरु :-

  • हिमाली जिल्लाको हिमाली क्षेत्रमा कम्तिमा १० हजार, हिमाली जिल्लाको पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तिमा ४० हजार, भित्रि मधेशका जिल्लामा कम्तिमा ५० हजार, तराइका जिल्लामा कम्तिमा ७५ हजार र काठमाडौँ उपत्यका भित्रका जिल्लामा कम्तिमा १ लाख स्थायी बासिन्दा भएको,
  • पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय हिमाली क्षेत्रको भए कम्तिमा रु १ करोड र अन्य जिल्ला मा भए कम्तिमा रु ३ करोड भएको,
  • सडक, सडक पेटी, बिधुत, खानेपानी, संचार र त्यस्ता अन्य न्युनतम शहरी सुबिधा भएको,
  • गोहोरा मैलाको ब्यबस्थापन तथा ल्यांड्डी फिल्ड साइटको उचित प्रबन्ध भएको,
  • प्रत्येक वडाको तोकिए बोमोजिमको खुल्ला क्षेत्र तथा पार्क उधान भएको,
  • कम्तिमा २५ शैयाको अस्पताल सुबिधा भएको,
  • यात्रु विश्साम स्थल तथा सार्वजनिक शौचालय सहितको बसपार्क भएको,
  • खानेपानी तथा सरसफाइको व्यवस्था भएको,
  • बैंक तथा वितिय संस्थानको सेवा भएको,
  • सामुदायिक भवन तथा सभाहल भएको,
  • बजार क्षेत्र भएको,
  • पशुवधशाला भएको,
  • शवदाह स्थल भएको,
  • खेल मैदान भएको,
  • नगर गुरुयोजना तयार भएको,
  • टोकिय बोमोजिमका अन्य मापदण्ड पुरा भएको,
  • शहरी सुबिधा भएको,
  • आदि।

नगरपालिका गठन गर्न को लागि आवस्यक ब्यबस्थाहरु यिनीहरु नै हुन्। केही सल्लाह सुझाव छन् भने कृपया हामीलाई Facebook Page मार्फत सम्पर्क गर्न सक्नुहुनेछ, धन्यावाद।

Leave a Comment